default_image

3 years ago

March 19, 2021

टोटेनहम युरोपा लिगबाट बाहिर

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्पर युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति क्रोएसियन क्लब डिनामो जाग्रिवसँग अतिरिक्त समयमा ३–० ले तथा समग्रमा ३–२ ले पराजित हुदै टोटेनहम अन्तिम १६ बाटै बाहिरिएको हो । पहिलो लेगमा २–० ले को जित निकालेको टोटेनहम दोस्रो लेगमा मिस्लाभ ओरसिसले ह्याट्रिक पुरा गरेपछि पराजित हुन पुगेको थियो […]

40 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हटस्पर युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ । बिहीबार राति क्रोएसियन क्लब डिनामो जाग्रिवसँग अतिरिक्त समयमा ३–० ले तथा समग्रमा ३–२ ले पराजित हुदै टोटेनहम अन्तिम १६ बाटै बाहिरिएको हो ।

पहिलो लेगमा २–० ले को जित निकालेको टोटेनहम दोस्रो लेगमा मिस्लाभ ओरसिसले ह्याट्रिक पुरा गरेपछि पराजित हुन पुगेको थियो ।
जाग्रिवमा घरेलु टोलीले खेलको ६२औं मिनेटमा मिस्लाभ ओरसिसको गोलबाट अग्रता लिएको थियो । उनले लोभरो माजेरको पासमा गोल गरेका थिए । ८३औं मिनेटमा ओरसिसले गोल गर्दै डिनामोको अग्रता दोब्बर पारे ।

त्यसपछि निर्धारित समयमा गोल निस्कन नसकेपछि खेल २–२ गोलको बराबरीमा पुगेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । १०६औं मिनेटमा मिस्लाभ ओरसिसले ह्याट्रिक पुरा गर्दै जाग्रिवलाई ३–० को जितसहित क्वाटरफाइनलमा पुर्‍याउन सफल भए ।

युरोपा लिगकै अर्काे खेलमा इटालियन क्लब रोमाले युक्रेनी क्लब साख्तर डोनेस्कलाई उसकै मैदानमा २–१ ले तथा समग्रमा ५–१ ले पराजित गर्दै क्वाटरफाइनलमा पुग्न सफल भएको छ । पहिलो लेगमा रोमा ३–० ले विजयी भएको थियो । साख्तरको मैदानको रोमाको जितमा बोर्जा मायोरलले दुई गोल गर्दा जुनियर मोराएसले एक गोल फर्काए ।

४८औं मिनेटमा बोर्जा मायोरालको गोलबाट रोमाले अग्रता लिएको थियो । ५९औं मिनेटमा जुनियरले बराबरी गोल फर्काए । ७२औं मिनेटमा मायोरालले व्यक्तिगत दोस्रो गोल गर्दै रोमालाई २–१ को जित दिलाए ।

क्वाटरफाइनलमा प्रवेश गर्ने टोली
आर्सनल, डिनामो जाग्रिव, ग्रानडा, रोमा, म्यानचेस्टर युनाइटेड, स्लाभिया प्राग, भिल्लारियल र आयाक्स

April 28, 2024

महिला लिग छनोटमा कर्णालीको तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)– कर्णाली प्रदेशले महिला लिग छनोटमा तेस्रो जित हासिल गरेको छ । घरेलु मैदानमा कर्णालीले लुम्बिनी प्रदेशलाई ४–१ ले हराएको हो । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा घरेलु टोलीलाई जित दिलाउन सुनकला राईले २, वर्षा ओली र सन्जिता बम्जोङले समान १ गोल गरे । लुम्बिनकी कप्तान ममता पुनले गोल फर्काइन् । १८ […]

April 28, 2024

आयोजक आदर्श च्यालेन्ज कपको सेमिफाइनलमा

हिमाल खरेल, झापाझापाको बुद्वशान्तिमा सुरु भएको तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै आयोजक आदर्श युवा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । ध्रुवतारा स्पोर्टिङ क्लबलाई २-१ले हराउँदै आयोजक अन्तिम चारमा पुगेको हो । आयोजकका लागि खेलको १७ औं मिनेटमा कप्तान पुजन थापाले पहिलो गोल गरे । रोमन भुजेलले दिएको क्रसमा पेनाल्टी बक्समा […]

April 28, 2024

अल नासरको जित

एजेन्सी – साउदी प्रो लिग अन्तर्गत गएराती सम्पन्न खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल खालिज माथि १-० को जित निकालेको हो । अल नासरको जितमा डिफेन्डर आईमेरीक लापोर्टले खेलको एकमात्र गोल गरे । ६८औं मिनेटमा मार्सेलो ब्रोजोभिचको क्रसमा उनले हेडर मार्फत गोल गर्दै खेलमा आफ्नो टोलीलाई जित दिलाए । जित पछि […]

Success

Thank you for your time.