9 years ago
October 15, 2016
तीन हप्ताको इन्जुरी पछी मैदानमा फर्केका लियोनल मेस्सीले बार्सिलोनाको जितमा गोल गरेका छन । नोउ क्याम्पमा बार्सिलोनाले डिपोर्टिभो बिरुद्द ४-० को जित दर्ता गरेको छ ।

बर्सिलोनाको जितमा राफिनाले २, लुइस स्वारेजले १ र मेस्सिले १ गोल गरे । ग्रोइन इन्जुरिका कारण करिब ३ साता बाहिर रहेका मेस्सिले मैदान प्रवेश गरेको २ मिनेटमा गोल गरे । ५६औ मिनेटमा सर्जियो बसकेटलाई परिवर्तन गर्दै मैदन प्रवेश गरेका मेस्सिले ५८औ मिनेटमा नेमारको पास सदुपायोग गर्दै गोल गरेकाअ थिए ।
पहिलो हाल्फमा ३-० को अग्रता लिएको बार्सिलोनाले दोस्रो हाल्फमा रुइजको रातो कार्डले डिपोर्टिभो १० खेलाडिमा सिमित भएपछी बार्सिलोना खेलमा थप हावी भएपनी थप गोल गर्न भने सकेन ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]