default_image

3 years ago

March 25, 2021

नुवाकोट विजय खड्गी स्मृति गोल्डकपको सेमिफाइनलमा

चितवन (हाम्रो खेलकुद) – चितवनमा सुरु भएको सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल’ को उद्घाटन खेलमा नुवाकोट युनाइटेड एफसी विजयी हुँदै सेमिफाइनल पुगेको छ । नुवाकोटले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएससी) लाई ३–० ले हराएको थियो । नारायणगढको क्याम्पा चौरमा भएको खेलमा नुवाकोटलाई जिताउन सजिन सजिन थापा मगरले २ तथा सिसिवस थापाले […]

24 views

0 Bookmark


चितवन (हाम्रो खेलकुद) – चितवनमा सुरु भएको सेन्ट्रल कलेज स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल’ को उद्घाटन खेलमा नुवाकोट युनाइटेड एफसी विजयी हुँदै सेमिफाइनल पुगेको छ । नुवाकोटले सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब (बिएससी) लाई ३–० ले हराएको थियो ।

नारायणगढको क्याम्पा चौरमा भएको खेलमा नुवाकोटलाई जिताउन सजिन सजिन थापा मगरले २ तथा सिसिवस थापाले एक गोल गरे ।
सिजनले १३ औं मिनेटमा गोल गरेका थिए । भरतपुरका डिफेन्डर बिट भएको अवस्थामा गोलरक्षक मनोज गुरुङ अघि सरेको फाइदा उठाउदै सिजनले गोल गरेका हुन् । दोस्रो हाफको १८ औं मिनेटमा सिसिवसले गोल गरे ।

फ्रिकिकमा प्रहार गरेको बल विपक्षी किपरले रोक्न प्रयास गर्दा पनि असफल भएपछि रिबाउन्डमा सिजनले गरेका थिए । दोस्रो हाफको ३३ औं मिनेटमा सजिनले व्यक्तिगत दोस्रो गोल गरे । खेलमा फर्किन भरतपुरले आधा दर्जन बढी मौका पाए पनि सदुपयोग गर्न सकेन । म्यान अफ दि म्याच नुवाकोटका सजिनले ५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा शुक्रबार फर्साटिकर एफसी रुपन्देही र सुनौलो संगम युवा क्लब बुटवलबीच खेल हुनेछ । अन्तिम समयमा मकवानपुरले नाम फिर्ता लिएपछि बुटवल सहभागी हुने भएको हो । त्यसअघि प्रतियोगिताको उद्घाटन गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले खेलाडीहरुलाई प्रोत्साहनका लागि विभिन्न कार्यक्रम गरिरहेको बताईन् ।

चितवन जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगितामा १० टोली सहभागिता छ । प्रतियोगिताको विजेताले उपाधि सहित ३ लाख र दोस्रो १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले २० तथा विधागत उत्कृष्ट खेलाडीले समान १० हजार रुपैयाँ पाउनेछन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.