3 years ago
March 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कप फुटबल प्रतियोगितामा बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिमको प्लेइङ इलाभेन घोषणा भएको छ। नेपालले ४–४–१–१ को फर्मेसनमा खेल्न लागेको छ। कीर्गिस्तानको यु—२३ टिमसँग खेलेको नेपालको सुरुवाती एघार नै बंगलादेशविरुद्धको खेलमा पनि परेका छन्। किरण चेम्जोङको कप्तानीमा नेपालले बंगलादेशसँग खेल्न लागेको हो। नेपालले यसअघि पहिलो खेलमा कीर्गिस्तानको यु-२३ टिमसँग गोलरहित […]
काठमाडौं (हाम्रो खेलकुद) – थ्री नेसन्स कप फुटबल प्रतियोगितामा बंगलादेशविरुद्ध खेल्ने नेपाली राष्ट्रिय टिमको प्लेइङ इलाभेन घोषणा भएको छ। नेपालले ४–४–१–१ को फर्मेसनमा खेल्न लागेको छ।
कीर्गिस्तानको यु—२३ टिमसँग खेलेको नेपालको सुरुवाती एघार नै बंगलादेशविरुद्धको खेलमा पनि परेका छन्। किरण चेम्जोङको कप्तानीमा नेपालले बंगलादेशसँग खेल्न लागेको हो। नेपालले यसअघि पहिलो खेलमा कीर्गिस्तानको यु-२३ टिमसँग गोलरहित बराबरी खेलेको थियो। नेपाल र कीर्गिस्तानले बराबरी खेलेसँगै बंगलादेश भने एक खेल अघि नै फाइनलमा प्रवेश गरिसकेको छ।
बंगलादेशलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गर्ने लक्ष्यमा छ। नेपाल बंगलादेशसँग १-० गोलअन्तरले पराजित भएमा पनि फाइनल पुग्ने सम्भावना रहन्छ। अंक तालिकाको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल १६ गते दशरथ रंगशालामा हुनेछ।
प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर र हरेक खेलमा ‘म्यान अफ दि म्याच’ हुने खेलाडीले २ सय ५० डलर पुरस्कार पाउनेछन्।
प्लेइङ इलाभेन
गोलकिपर – किरण चेम्जोङ (कप्तान)
डिफेन्डर – रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी
मिडफिल्डर – त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोक राई, रविशंकर पासवान
फरवार्ड – अन्जन विष्ट अभिषेक रिजाल
April 26, 2024
सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]
April 26, 2024
एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]
April 25, 2024
विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]