default_image

3 years ago

March 27, 2021

नेपाल थ्री नेसन्स कपको फाइनलमा!

काठमाडौं -हाम्रो खेलकुद) – नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । अब फाइनलमा नेपाल र बंगलादेशबीच नै प्रतिस्र्धा हुनेछ । फाइनल सोमबार हुनेछ । विजेताले ५ हजार अमेरिकी डलर हात पार्नेछ ।लिग चरणमा नेपालले […]

48 views

0 Bookmark

काठमाडौं -हाम्रो खेलकुद) – नेपाल घरेलु मैदानमा जारी थ्री नेसन्स कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेल्दै नेपालले फाइनलमा स्थान बनाएको हो ।

अब फाइनलमा नेपाल र बंगलादेशबीच नै प्रतिस्र्धा हुनेछ । फाइनल सोमबार हुनेछ । विजेताले ५ हजार अमेरिकी डलर हात पार्नेछ ।
लिग चरणमा नेपालले दुई खेलबाट २ अंक जोडेर दोस्रो स्थानमा रह्यो । शीर्षस्थानको बंगलादेशले २ खेलबाट ४ अंक जोड्यो । नेपाल र बंगलादेशको बराबरीले किर्गिस्तानको यु–२३ टोली प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानले लिग चरणमा १ अंक जोड्यो । किर्गिस्तान बंगलादेशसँग पराजित हुदा नेपालसँग गोलरहित बराबरी खेलेको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा घरेलु टोली नेपालले बल पोसेसनमा बलियो पकड बनाएपनि गोल गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकिएको हो । खेलको २१औं मिनेटमा त्रिदेव गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर पोस्टको माथिबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । २४औं मिनेटमा त्रिदेव गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन ।

३७औं मिनेटमा फ्रिकिकबाट आएको बललाई बंगलादेशका खेलाडीले हेडरलाई रोहित चन्दले क्लियर गर्दै नेपालको संकट टारे । ४०औं मिनेटमा कप्तान जमल भुयाको फ्रिकिक पोस्ट नजिकैबाट बाहिरिदा बंगलादेश अग्रता लिनबाट चुक्यो । ५४औं मिनेटमा जमल भुयाको फ्रिकिकलाई नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै बचाए । ५९औं मिनेटमा सुनिल बलको पासमा अन्जन विष्टको फितलो प्रहारलाई बंगलादेशका गोलरक्षक मोहम्मद साहिदुल आलमले सहजै नियन्त्रणमा लिए ।

६४औं मिनेटमा सुनिल बलको क्रस पासमा त्रिदेव गुरुङको पेनाल्टी बक्सबाहिरको प्रहाले पोस्टको गति लिन सकेन । ६५औं मिनेटमा रन्जित धिमालको क्रसमा अभिषेक रिजालको हेडर बाहिरिदा नेपालले अग्रता लिन सकेन । ८२औं मिनेटमा दिनेश राजवंशीको थ्रु बलमा दर्शन गुरुङको हेडर क्रसबारमा लागेर बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो ।

दोस्रो हाफमा बिशाल राई र सुनिल बल मैदान प्रवेश गरेपछि नेपालले बल पोसेसनमा थप पकड बनाउदै आक्रमण बुनेपनि फिनिसिङ चुक्दा नेपाल जितबाट वञ्चित बन्यो । नेपालका डिफेन्डर रोहित चन्द खेलको म्यान अफ दि म्याच घोषित भए । उनले २५० अमेरिकी डलर प्राप्त गरे ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.