default_image

3 years ago

March 28, 2021

चेक र बेल्जियमको बराबरी

एजेन्सी – कतार विश्वकपको युरोपियन छनोटमा चेक रिपब्लिक र बेल्जियमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्राहामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लुकास प्रोभोडले गोल गर्दा पाहुना टोलीका रोमेलु लुकाकुले बराबरी गोल फर्काए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५०औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेकलाई १–० को […]

96 views

0 Bookmark

एजेन्सी – कतार विश्वकपको युरोपियन छनोटमा चेक रिपब्लिक र बेल्जियमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । प्राहामा शनिबार राति भएको खेलमा घरेलु टोलीका लुकास प्रोभोडले गोल गर्दा पाहुना टोलीका रोमेलु लुकाकुले बराबरी गोल फर्काए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५०औं मिनेटमा लुकास प्रोभोडले गोल गर्दै चेकलाई १–० को अग्रता दिलाए । उनले जाकुव जान्कटोको पासमा गोल गरेका थिए । ६०औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले केभिन डि ब्रुयनको पासमा गोल गरेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो । बराबरीपछि समूह ‘ईं’ मा चेक रिपब्लिक २ खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । समान ४ अंक नै भएपनि बेल्जियम गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । बेलारुस ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अंकविहीन वेल्स र इस्टोनिया चौथो र पाँचौ स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा बेलारुसले इस्टोनियामाथि ४–२ को जित निकालेको छ । बेलारुसको जितमा भिटाली लिसाकोभिचले दुई तथा युरी केन्डस र पाभेलले समान १ गोल गरे । इस्टोनियाका हेनरी एनिएरले दुवै गोल गरेपनि हार टार्न सकेन ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.