default_image

3 years ago

March 28, 2021

विश्वकप छनोटमा क्रोएसिया र नेदरल्यान्ड्सको जित

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा क्रोएसिया र नेदरल्यान्ड्स विजयी भएका छन् । क्रोएसियाले साइप्रसलाई १–० ले पराजित गरेको हो । क्रोएसियाको जितमा मारियो पासालिसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४०औं मिनेटमा गोल गरेका थिए । विश्वकप छनोटमा क्रोएसियाको यो पहिलो जित हो । यसअघि क्रोएसिया स्लोभेनियासँग १–० ले […]

38 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा क्रोएसिया र नेदरल्यान्ड्स विजयी भएका छन् । क्रोएसियाले साइप्रसलाई १–० ले पराजित गरेको हो ।

क्रोएसियाको जितमा मारियो पासालिसले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ४०औं मिनेटमा गोल गरेका थिए । विश्वकप छनोटमा क्रोएसियाको यो पहिलो जित हो । यसअघि क्रोएसिया स्लोभेनियासँग १–० ले पराजित भएको थियो । यही समूह ‘एच’ को अर्काे खेलमा रसियाले स्लोभेनियालाई २–१ ले पराजित गर्दा स्लोभाकिया र माल्टाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो नतिजापछि समूह ‘एच’ मा रसिया २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । स्लोभेनिया र क्रोएसिया ३ अंक जोड्द्र दोस्रो र तेस्रो स्थनमा रहेको छ । २ अंक जोडेको स्लोभाकिया चौथो स्थानमा रहँदा १ अंक जोडेको साइप्रस र माल्टा पाँचौ र छैटौ स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा नेदरल्यान्ड्सले लात्भियामाथि २–० को सहज जित निकालेको छ । नेदरल्यान्ड्सको जितमा स्टेभन वर्गहुइस र लुक डि जोङले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल निस्किएको थियो ।

यही ‘समूह ‘जी’ को अर्काे खेलमा मोन्टेनेग्रोले जिब्राल्टारलाई ४–१ ले तथा टर्कीले नर्वेमाथि ३–० को सहज जित निकालेको छ । यो नतिजापछि टर्की २ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा रहँदा समान ६ अंक नै रहेपनि मोन्टेनेग्रो गोल अन्तरमा दोस्रो स्थानमा रहेको छ । नेदरल्यान्ड्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । नर्वेको पनि ३ अंक छ । लात्भिया र जिब्राल्टारले अंकको खाता खोल्न सकेको छैन ।

अन्य नतिजा

समूह ‘ए’ – सर्वियाविरुद्ध पोर्चुगल (२–२) र आयरल्यान्डविरुद्ध लक्जेमवर्ग (–०)
समुह ‘ई’ – बेलारुसविरुद्ध इस्टोनिया (–२) चेक रिपब्लिकविरुद्ध बेल्जियम (१–१)
समूह ‘जी’ – मोन्टेनेग्रोविरुद्ध जिब्राल्टार (–१), नेदरल्यान्ड्सविरुद्ध लात्भिया (–०) र नर्वेविरुद्ध टर्की (०–)
समूह ‘एच’ – रसियाविरुद्ध स्लोभेनिया (–१), क्रोएसियाविरुद्ध साइप्रस (–०) र स्लोभाकियाविरुद्ध माल्टा (२–२)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.