default_image

3 years ago

March 28, 2021

पाकिस्तान फुटबलमा फेरि प्रतिबन्धको खतरा

एजेन्सी – पाकिस्तान फुटबलमा आन्तरिक विवाद फेरि चर्किएपछि फिफाबाट फेरि प्रतिबन्ध लाग्ने खतरा बढेको छ । सैयद असफका हुसेन शाहको निर्वाचित पाकिस्तान फुटबल महासंघ (पिएफएफ) समितिले मुख्य कार्यालय शनिबार कब्जा गरेपछि पुनः विवाद चुलिएको हो । निर्वाचित समिति विवादित बनेपछि फिफाले मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो । नर्मलाइजेसन समितिले नयाँ निर्वाचन गराउनको […]

43 views

0 Bookmark

एजेन्सी – पाकिस्तान फुटबलमा आन्तरिक विवाद फेरि चर्किएपछि फिफाबाट फेरि प्रतिबन्ध लाग्ने खतरा बढेको छ । सैयद असफका हुसेन शाहको निर्वाचित पाकिस्तान फुटबल महासंघ (पिएफएफ) समितिले मुख्य कार्यालय शनिबार कब्जा गरेपछि पुनः विवाद चुलिएको हो ।

निर्वाचित समिति विवादित बनेपछि फिफाले मलिक हारोनको नेतृत्वमा नर्मलाइजेसन कमिटी गठन गरेको थियो । नर्मलाइजेसन समितिले नयाँ निर्वाचन गराउनको सट्टा आफै प्रतियोगिता सञ्चालन गरेपछि निर्वाचित समितिले मुख्यालय कब्जा गरेको थियो । नर्मलाइजेसन समितिले सञ्चालन गरिरहेको वमेन्स महिला लिग पनि अनिश्चित कालका लागि स्थगित भएको छ ।

नेपाली महिला राष्ट्रिय तथा एपिएफका ४ खेलाडी नेसनल वमेन्स फुटबल च्याम्पियनसिपको सहभागी टोली मासा युनाइटेडबाट खेल्दै आइरहेका थिए । गोलकिपर एन्जेला तेम्बाफो सुब्बा, अनिता केसी, सरु लिम्बु, गिता राना मासाबाट खेलिरहेका छन् ।

मासाले ४ खेलमा ३ जित र १ बराबरी खेलेको थियो । समूह विजेताका रुपमा मासा क्वार्टरफाइनल पुगेको छ । आफूहरु अन्यौलमा रहेको पाकिस्तानबाट सरुले बताएकी छिन् । ‘हामीलाई यहाँको समस्याको बारमो खासै जानकारी छैन, उनले भनिन्, ‘केहि समय कुर्न भनिएको छ । हामी त्यहि खबरको प्रतिक्षामा छौं ।’

निर्वाचित समितिले सन् २०१९ सेप्टेम्बरमा नर्मलाइजेसन समितिलाई कार्यभार सुम्पेको थियो । शुक्रबार असफाक नेतृत्वको समितिले कार्यसमिति र कंग्रेस गरेको थियो । त्यो भेलाले नर्मलाइजसेन समितिको कामप्रति असुन्तुष्टी जनाएको थियो ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.