default_image

3 years ago

March 28, 2021

जर्मनी र रोमानिया भिड्दै

50 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटमा आज राति जर्मनीले रोमानियाको सामना गर्दैछ । खेल रोमानियाको मैदानमा राति १२ः३० बजेपछि हुनेछ ।

घरेलु टोली रोमानियालाई हराउदै जर्मनी समूहमा आफ्नो शीर्षतालाई निरन्तरता दिने दाउमा हुनेछ । समूह ‘जे’ मा जर्मनी र रोमानियाको समान ३ अंक भएपनि गोल अन्तरमा पहिलो र दोस्रो स्थानमा रहेको छ । जर्मनीसँग टिमो वेर्नर, काई हाभर्टज, सर्ज जिनाब्री, इल्केए गुन्डोगान, योसुवा किम्मिख, लियोन गोरेट्जका, एन्टेनियो रुडिगर, म्याथियस जिन्टर र गोलरक्षक तथा कप्तान म्यानुयल नोएरको साथ रहेको छ ।

यस्तै टोलीसँग लिरोए साने, लुकास क्लोसटर्मान, फ्लोरियन नेउहस, जमल मुसियला र एमिन युनेसको साथ रहेको छ । यता, रोमानिया पनि जर्मनीलाई स्तब्ध पार्दै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । जर्मनीलाई हराउन सके रोमानिया शीर्षस्थानमा उक्लने छ । क्लाउडिउ केसेरु, फ्लोरिनेल कोमान, लानिस हागी, डेनिस मान, राजभान मारिन र गोलरक्षक फ्लोरिन निताको साथ रहेको छ ।

यही समुह ‘जे’ को अर्काे खेलमा आइसल्यान्ड र अर्मेनिया तथा र नर्थ म्यासेडोनिया र लिचेस्टाइनबीच आज राति नै प्रतिस्पर्धा हुदैछ । अर्मेनियाको ३ तथा अन्य तीन टोली आइसल्यान्ड, नर्थ म्यासेडोनिया र लिचेस्टाइनले अंकको खाता खोल्न सकेको छैन ।

अन्य खेल
काजकस्तानविरुद्ध फ्रान्स (६ः४५ बजे), जर्जियाविरुद्ध स्पेन (राति ९ः४५ बजे), अल्वानियाविरुद्ध इंग्ल्यान्ड (राति ९ः४५ बजे), अर्मेनियाविरुद्ध आइसल्यान्ड (राति ९ः४५ बजे), डेनमार्कविरुद्ध माल्दोभा (राति ९ः४५ बजे), कोसोभोविरुद्ध स्वीडेन (राति १२ः३० बजे), बुल्गेरियाविरुद्ध इटाली (राति १२ः३० बजे), स्वीट्जरल्यान्डविरुद्ध लिथुआनिया (राति १२ः३० बजे), युक्रेनविरुद्ध फिनल्यान्ड (राति १२ः३० बजे), अष्ट्रियाविरुद्ध फारोइ आइल्यान्ड(राति १२ः३० बजे), पोल्यान्डविरुद्ध एन्डोरा (राति १२ः३० बजे) र सानमारिनोविरुद्ध हंगेरी, रोमानियाविरुद्ध जर्मनी (राति १२ः३० बजे)

May 16, 2024

चन्द्रागिरी र काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ललितपुर (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका र काठमाडौं महानगरपालिका प्रथम गोदावरी उपत्यका ब्यापी अन्तर पालिका मेयर कप फुटबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । च्यासल मैदानमा बिहीबार चन्द्रागिरीले महालक्ष्मी नगरपालिकालाई तथा काठमाडौंले मध्यपुर थिमि नगरपालिकालाई हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनलमा चन्द्रागिरीले महालक्ष्मीलाई १–० ले हराएको हो । ५५ औं मिनेटमा […]

May 16, 2024

सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिँदै

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय फुटबलका सर्वोत्कृष्ट गोलकर्ता स्ट्राइकर सुनिल क्षेत्रीले अन्तराष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा गरेका छन् । सुनिलले सामाजिक सञ्जालमा एक भिडियो मार्फत १९ वर्ष लामो अन्तराष्ट्रिय करियरमा बिट लगाउने घोषणा गरेका हुन् । सुनिलले आउँदो जुन ६ मा कुवेत विरुद्ध कोलकत्तामा हुने विश्वकप छनोट अन्तर्गतको घरेलु खेल उनको अन्तिम खेल हुने बताएका […]

May 16, 2024

युभेन्ट्सलाई कोपा इटालिया उपाधि

एजेन्सी – युभेन्ट्सले कोपा इटालियाको उपाधि जितेको छ । तीन वर्ष पछि पहिलो ठूलो उपाधि जित्ने क्रममा युभेन्टसले एटलान्टालाई बुधबार १–० ले हराएको हो । रोमस्थित स्ट्याडियो ओलिम्पिकोमा खेलको चौथो मिनेटमा दुसान भ्लाभिकले गरेको गोलमा युभेन्ट्स च्यम्पियन बन्यो । एन्ड्रिया क्याम्बि–यासोको पासमा भ्लाभिकले गोल गरेका हुन् । युभेन्ट्सले कीर्तिमानी १५ औं पटक कोपा जितेको हो […]

Success

Thank you for your time.