default_image

3 years ago

March 28, 2021

फ्रान्सले काजकस्तानलाई हरायो

एजेन्सी – स्टार युवा फरवार्ड केलियन एमबाप्पेले पेनाल्टी चुकाएपनि विश्वविजेता फ्रान्सले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा काजकस्तानलाई पराजित गरेको छ । फ्रान्सले काजकस्तानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा औसमाने डेम्वेलेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अस्ताना एरिनामा आइतबार […]

46 views

0 Bookmark

एजेन्सी – स्टार युवा फरवार्ड केलियन एमबाप्पेले पेनाल्टी चुकाएपनि विश्वविजेता फ्रान्सले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा काजकस्तानलाई पराजित गरेको छ ।

फ्रान्सले काजकस्तानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा औसमाने डेम्वेलेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अस्ताना एरिनामा आइतबार राति भएको खेलमा पाहुना टोली फ्रान्सले खेलको २०औं मिनेटमा औसमाने डेम्वेलेको गोलबाट अग्रता लिएको थियो । उनले एन्थोनी मार्सियालको पासमा गोल गरेका थिए ।

४४औं मिनेटमा सेर्गी माल्यीले आत्मघाती गोल गरेपछि फ्रान्सले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । कर्नरबाट आएको बललाई क्लियर गर्ने क्रममा पोग्वासँगै रहेका सेर्गीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।

५९औं मिनेटमा मार्सियलको स्थानमा मैदान छिरेका सब्सिच्युट एमबाप्पेले पेनाल्टी चुकाए । ७५औं मिनेटमा एमबाप्पेलाई लडाएपछि प्राप्त पेनाल्टीमा उनको प्रहारलाई काजकस्तानका गोलरक्षक एलेक्सान्डर मोकिनले पञ्च गर्दै बचाए । त्यसपछि थप गोल निस्कन नसक्दा फ्रान्स विजयी हुन सफल भयो ।

जितसँगै समुह ‘डी’ मा फ्रान्स दुई खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पराजित काजकस्तान अंकविहीन हुदै पुछारमा रहेको छ ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.