default_image

3 years ago

March 29, 2021

जर्जियामाथि स्पेनको पूनरागमन जित

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो राउन्डको खेलमा स्पेनले जर्जियामाथि उसकै मैदानमा पूनरागमन जित निकालेको छ । स्पेनले एक गोलले पछि परेको अवस्थामा २–१ को पूनरागमन जित निकालेको हो । स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । भिचाको गोल सान्तवना बन्यो । विश्वकप छनोटमा स्पेनको यो पहिलो जित हो […]

78 views

0 Bookmark

एजेन्सी – कतार विश्वकप २०२२ को युरोपियन छनोटको दोस्रो राउन्डको खेलमा स्पेनले जर्जियामाथि उसकै मैदानमा पूनरागमन जित निकालेको छ ।

स्पेनले एक गोलले पछि परेको अवस्थामा २–१ को पूनरागमन जित निकालेको हो । स्पेनको जितमा फेरान टोरेस र ड्यानियल ओल्मोले गोल गरे । भिचाको गोल सान्तवना बन्यो । विश्वकप छनोटमा स्पेनको यो पहिलो जित हो । यसअघि स्पेनले पहिलो खेलमा ग्रीससँग १–१ गोलको बराबरी खेलेको थियो ।

जर्जियामा आइतबार राति भएको खेलमा घरेलु टोलीले खेलको ४४औं मिनेटमा भिचाको गोलबाट अग्रता लिएको थियो । उनले ओटारको पासमा गोल गरेका थिए । एक गोलले पछि परेको स्पेनले ५६औं मिनेटमा बराबरी गोल फर्कायो । फेरान टोरेसले जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयका थप गरिएको दोस्रो मिनेटमा ड्यानियल ओल्मोले अल्वाकै पासमा गोल गर्दै स्पेनलाई २–१ को जित दिलाए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा घरेलु टोली जर्जिया १० खेलाडीमा समेटियो । लिभान सेन्जेलिया रातो कार्ड खादै मैदानबाट बाहिरिए ।

जितसँगै स्पेन समूह ‘बी’ मा २ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्षस्थानको स्वीडको ६ अंक छ । पराजित ग्रीस १ अंक जोडेर तेस्रो स्थानमा रहँदा जर्जिया र कोसोभोले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा स्वीडेनले कोसोभोमाथि ३–० को सहज जित हात पारेको छ । स्वीडेनको जितमा लुडविग अगस्टिन्सन, एलेक्सान्डर इसाक र सेवास्टिन लार्सनले गोल गरे । इन्ज्युरी समयमा बर्नाड बेरिसा दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि कोसोभो १० खेलाडीमा समेटिएको थियो ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.