default_image

3 years ago

March 29, 2021

नेपाललाई ३७ वर्षपछि दशरथ रंगशालामा फुटबल उपाधि

भुपेन्द्र जि.सी,काठमाडौं नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा ३७ वर्षपछि फुटबल उपाधि जितेको छ । सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल हराउँदै नेपालले घरेलु मैदानमा तीन दशक भन्दा लामो समयपछि उपाधि जितेको हो । नेपालले पछिल्लो पटक दशरथ रंगशालामा सन् १९८४ मा दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हाल दक्षिण एसियाली […]

70 views

0 Bookmark

भुपेन्द्र जि.सी,काठमाडौं

नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा ३७ वर्षपछि फुटबल उपाधि जितेको छ । सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल हराउँदै नेपालले घरेलु मैदानमा तीन दशक भन्दा लामो समयपछि उपाधि जितेको हो ।

नेपालले पछिल्लो पटक दशरथ रंगशालामा सन् १९८४ मा दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हाल दक्षिण एसियाली खेलकुद(साग) को फाइनलमा बंगलादेशलाई ४–२ ले हराउँदै नेपालले स्वर्ण पदक जितेको थियो । त्यसपछि १९९९ आठौं साफको फाइनलमा पनि नेपाल र बंगलादेशबीच नै फाइनल भएको थियो । त्यति बेला भने बंगलादेशले बाजी मारेको थियो । आठौं साफ सम्म राष्ट्रिय टोलीले नै खेल्ने प्रावधान थियो । साफको नवौं संस्करणबाट यू–२३ टोलीले प्रतिस्पर्धा गर्दै आएका छन् । दसौंबाट साफको नाम परिवर्तन गरि दक्षिण एसियाली खेलकुद (साग) नामाकरण गरिएको थियो । गत वर्ष दशरथ रंगशालामा नै नेपालको यू–२३ ले भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो । तर त्यो उमेर समूहको उपाधि हो ।

३७ वर्षमा सबै तीन वटा फाइनल नेपालले बंगलादेशविरुद्ध नै खेलेको थियो । आठौं साफपछि यी दुई टोली फेरि एकपटक थ्री नेसन्स कपको फाइनलमा एक अर्काविरुद्ध उत्रेका हुन् । यद्दपी साफको उपाधिसँग थ्री नेसन्सको उपाधि भने तुलना गर्न मिल्दैन । साफ दक्षिण एसियाका सदस्य राष्ट्रबीचको सबै भन्दा ठूलो खेल मेला हो । यसपटक थ्री नेसन्समा नेपाल र बंगलादेशको राष्ट्रिय टोली र किर्गिस्तानको यू २३ टोलीको सहभागिता रहेको थियो ।

समूह चरणमा एक गोल नगरि फाइनल पुगेको नेपालले फाइनलमा सानदार प्रदर्शनका साथ उपाधि जितेको हो । नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । बंगलादेशलाई ८२ औं मिनेटमा महबुबुर रहमानले गोल गर्दै २–१ को अवस्थामा पुर्याएका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.