default_image

3 years ago

March 29, 2021

रोहित सर्वोत्कृष्ट, सन्जोक म्यान अफ द फाइनल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द थ्री नेसन्स कप फुटबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट पदर्शन गरेका रोहित थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । नेपालले सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । […]

146 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका डिफेन्डर रोहित चन्द थ्री नेसन्स कप फुटबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् ।

नेपाललाई उपाधि जिताउन प्रतियोगिताभर उत्कृष्ट पदर्शन गरेका रोहित थ्री नेसन्स कपको सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । नेपालले सोमबार साँझ भएको थ्री नेसन्स कप फुटबलको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । अपराजित रहँदै टोलीलाई उपाधि जिताउन रोहितले उच्च प्रदर्शन गरेका थिए । रोहितले सर्वोत्कृष्ट खेलाडी वापत ५ सय अमेरिकी डलर प्राप्त गर्ने छन् । रोहित लिग चरणमा बंगलादेशविरुद्ध म्यान अफ द म्याच चुनिएका थिए ।

त्यस्तै मिडफिल्डर सन्जोक राई म्यान अफ द फाइनल चुनिएका छन् । नेपाललाई उपाधि जिताउन फाइनलमा सन्जोगले पहिलो हाफमा १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता लिएका थिए । सन्जोकको गोल नेपालको थ्री नेसन्स कपको पहिलो समेत रहेको थियो । म्यान अफ द म्याच चुनिएका सन्जोकले २ सय ५० अमेरिकी डलर प्राप्त गरे । सन्जोकको राष्ट्रिय टोलीमा दोस्रो खेल हो । शनिवार लिग चरणमा बंगलादेशविरुद्धकै खेलमा डेब्यू गरेका थिए ।

नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा सन्जोक राईले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । ४२औं मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । रन्जित धिमालको पासमा सन्जोक राईले छोएको बललाई विशाल राईले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । बंगलादेशलाई ८२ औं मिनेटमा महबुबुर रहमानले गोल गर्दै २–१ को अवस्थामा पुर्याएका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.