default_image

3 years ago

March 29, 2021

कप्तान किरणले भने- ‘विराजलाई उपाधिसहित विदा गर्न पाउँदा खुसी छौं’

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलेले पूर्व कप्तान तथा सफल खेलाडी विराज महर्जनलाई उपाधिसहित बिदाई गर्न पाउँदा खुसी लागेको बताएका छन् । दशरथ रंगशालामा सोमबार साँझ फाइनलमा बंगलादेशलाई २–१ गोल हराउँदै नेपालले थ्री नेसन्स कप फुटबल मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको थियो । नेपाली फुटबलका एक सफल कप्तान तथा खेलाडी […]

78 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङलेले पूर्व कप्तान तथा सफल खेलाडी विराज महर्जनलाई उपाधिसहित बिदाई गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

दशरथ रंगशालामा सोमबार साँझ फाइनलमा बंगलादेशलाई २–१ गोल हराउँदै नेपालले थ्री नेसन्स कप फुटबल मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको थियो । नेपाली फुटबलका एक सफल कप्तान तथा खेलाडी विराजले बंगलादेशविरुद्ध फाइनल खेलेसँगै अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रुपमा सन्यास लिएका छन् । खेल जीवनमा विराजको त्यो ७३ औं खेल हो । कुनै पनि नेपाली खेलाडीको त्यो सर्वाधिक क्याप हो ।

पोष्ट म्याच कन्फ्रेन्समा सँगै रहेका विराजलाई अंगालो हाल्दै किरणले भने, हामीले विराजलाई प्रतियोगिता सुरु हुनु अघि नै भनेका थियौं । यो उपाधि जितेर तिम्रो लागि समर्पण गर्नेछौं । त्यसमा सफल भयौं खुसी छौं । भविष्यमा घरेलु फुटबलका लागि सफलताको कामना ।’ थ्री नेसन्स कप जितेपछि किरणले फेरि एक पटक साफ च्याम्पियनसिप जित्ने इच्छा दोहोराए ।

‘सबै समर्थकलाई धन्यवाद । नोभेम्बरमा बंगलादेशसँग उसकै मैदानमा खेलेको टोली र अहिले यहाँ खेलेको टोलीमा धेरै फरक छ । त्यतिबेला हामी पूर्ण रुपमा फिट थिएनौं, किरणले उपाधि जितेपछि भने, टोलीले धेरै राम्रो खेलेको छ । युवा र डेब्यू खेलाडीमा धेरै राम्रो सम्भावना देखेको छु । यसरी नै निरन्तर प्रशिक्षण गर्दै जाने हो भने साफ च्याम्पियनसिप मात्रै नभई एसियन कप पनि टाढा छैन’ ।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यो जितको श्रेय टिम सहयात्री र समर्थकलाई दिएका छन् । ’उपाधिको श्रेय टिम सहयात्री र समर्थकलाई जान्छ । मैले पहिला पनि भनेको थियो । लिगको खेलमा भन्दा फाइनल फरक हुने छ । योजना अनुसार सफल भएका छौं । हामी सफल भयौं । खुसी र सन्तुष्ट छु । विश्वकपको तयारीमा पनि यसरी नै जानेछौं’, प्रशिक्षक महर्जनले भने ।

एक गोल नगरी अघि बढेको नेपालले फाइनलमा सानदार प्रदर्शनका साथ उपाधि जितेको हो । नेपालले पहिलो हाफमा २–० को अग्रता लिएको थियो । १८औं मिनेटमा सन्जोक राईले गोल गदै नेपाललाई १–० को अग्रता दिलाए । सुनिल बलको कर्नरमा बंगलादेशका गोलकिपरले पन्च गरे भने अर्का रक्षकले हेड गरे । त्यसबाट प्राप्त बलमा सन्जोकले डि बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो ।

४२ औं मिनेटमा विशाल राईले गोल गर्दै टोलीलाई पहिलो हाफम २–० को अग्रता दिलाए । रन्जित धिमालले दिएको बललाई सन्जोकले सटिक पास दिएपछि विशालले वान भर्सेस वानको अवस्थामा उत्कृष्ट फिनिस गरेका थिए । बंगलादेशलाई ८२ औं मिनेटमा महबुबुर रहमानले गोल गर्दै २–१ को अवस्थामा पुर्याएका थिए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.