default_image

3 years ago

March 30, 2021

सलाह चम्कदा इजिप्टको सानदार जित

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहको दुई गोल मद्दतमा इजिप्टले अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेलमा कोमोरोसमाथि ४–० को फराकिलो जित निकालेको छ । घरेलु मैदानमा इजिप्टको फराकिलो जितमा सलाहले दुई गोल गर्दा मोहम्मद इलाने र मोहम्मद सेरिफले समान १–१ गोल गरे । इजिप्टले सुरुवाती २५ मिनेट भित्रै र १० मिनेटको दौरानमा […]

51 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहको दुई गोल मद्दतमा इजिप्टले अफ्रिका कप अफ नेसन्सको समूह चरणको खेलमा कोमोरोसमाथि ४–० को फराकिलो जित निकालेको छ ।

घरेलु मैदानमा इजिप्टको फराकिलो जितमा सलाहले दुई गोल गर्दा मोहम्मद इलाने र मोहम्मद सेरिफले समान १–१ गोल गरे । इजिप्टले सुरुवाती २५ मिनेट भित्रै र १० मिनेटको दौरानमा चार गोल गरेको थियो ।

कायरो इन्टरनेसनल स्टेडियममा सोमबार राति भएको खेलमा घरेलु टोलीले खेलको १५औं मिनेटमा मोहम्मद इलानेको गोलबाट अग्रता लिएको थियो । १७औं मिनेटमा मोहम्मद सेरिफले गोल गर्दै इजिप्टको अग्रता दोब्बर पारे ।

त्यसपछिको दुई गोल सलाहको नाममा रह्यो । सलाहले २१औं र २५औ मिनेटमा गोल गर्दै इजिप्टलाई ४–० ले अघि बढाए । दोस्रो हाफमा पनि इजिप्टले पाहुना टोलीलाई दवावमा राखेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको चार गोल नै इजिप्टको जितमा पर्याप्त बन्यो ।

यो जितसँगै इजिप्ट समूह ‘जी’ मा ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रहेको छ । अपराजित इजिप्टले ३ जित र ३ बराबरी खेलेको छ । पराजित कोमोरोस ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । केन्याको ७ तथा टोगोको २ अंक छ ।

यही समूहको अर्काे खेलमा केन्याले टोगोलाई २–१ ले पराजित गरेको छ । केन्याको जितमा हसन अब्दल्लाह र मासुद जुमा चोकाले गोल गरे । घरेलु टोली टोगोका हेनरी इनफुलले एक गोल फर्काए ।

May 2, 2024

पाँचथर गोल्ड कपको हिसाब सार्वजनिक

दिपक बोहरा, पाँचथर दुई महिना अघि फिदिममा भएको चौथो पाँचथर गोल्ड कप प्रतियोगिताको हिसाब सार्वजनिक गरिएको छ । आयोजक पाँचथर क्लबले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो । फिदिममा फागुन १२ गतेबाट १९ गते सम्म चलेको प्रतियोगितामा‌ ४६ लाख ६४ हजार ६ सय ६० रुपैयाँ आम्दानी भएको‌ थियो। त्यसमा ७ लाख […]

May 2, 2024

पिएसजी विरुद्ध डर्टमुण्डको अग्रता

एजेन्सी – युरोपेली च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लेगमा जर्मन टोली बोरुसिया डर्टमुण्डले अग्रता लिएको छ । घरेलु मैदानमा बुधबार भएको पहिलो लेगमा डर्टमुण्डले फ्रेन्च टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई १-० हराएको छ । डर्टमुण्डको जितमा स्ट्राइकर निकलास फुलक्रुगले खेलको ३६औं मिनेटमा गोल गरे । डिफेन्स लाइनबाट निको श्लोटरबेकले दिएको उत्कृष्ट पासमा अफसाइड ट्र्याप […]

May 1, 2024

च्याम्पियन्स लिग सेमिफाइनलमा डर्टमुण्ड र पिएसजी भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा आज राती बोरुसिया डर्टमुण्ड र पेरिस सेन्ट जर्मान (पिएसजी) भिड्दै छन् । राती १२:४५ बजे सुरु हुने खेल डर्टमुण्डको घरेलु मैदान सिग्नल इडुना पार्कमा सुरु हुनेछ । यी दुवै टोली यसै सिजन च्याम्पियन्स लिगको एकै समूहमा रहेका थिए । समूह चरणको दुई खेल मध्य एक […]

Success

Thank you for your time.