9 years ago
October 20, 2016
ग्रोइन इन्जुरी पछी तीन साता पछी पहिलो पटक बार्सिलोनाको लागी सुरुवात गरेका मेस्सिले च्याम्पियन्स लिगमा म्यान्चेस्टर सिटी बिरुद्ध ह्याट्रीक गरेका छन । बार्साको अघिल्लो खेलमा सब्स्टिटुटको रुपमा मैदान प्रवेश गरेका मेस्सी नो क्याम्पमा सुरुवाती ११ मा परेका थिए ।

पहिलो हाल्फमा राम्रो प्रतिस्पर्धा गरेको सिटिले बार्सिलोना बिरुद्ध धेरै त्रुटिहरु गरेपछी अधिकतम गोलहरु दोस्रो हाल्फमा खाएको हो । पहिलो हाल्फको १७औ मिनेटमा गोल गरेपछी मेस्सिले बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यो गोल पहिलो हाल्फ्को एकमात्र गोल थियो ।
दोस्रो हाल्फमा ६१ र ६९ मिनेटमा गोल गर्दै मेस्सिले आफ्नो ह्याट्रीक पुरा गरे । त्यसको ३ मिनेटपछी बार्सिलोनाका जेरेमी म्याथेउले दोस्रो पहेलो कार्डको सामना गर्दै बार्सिलोना १० खेलाडिमा सिमित भएपनी सिटिले गोल गर्न सकेन ।
बार्साको लागी नेमारले अन्तिम समयतिर थप १ गोल गर्दै ४-० को अन्तिम नतिजा बनाउन सफल भए ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि १६ क्लब दर्ता भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगमा लागि आइतवारसम्म दर्ता गर्न समय तोकेको थियो। राष्ट्रिय लिग पुस २५ गतेदेखि सुरु हुने बताइएको छ। त्यस सहिद ए डिभिजन सबै भन्दा बढी जित्ने टोली मनाङ मर्स्याङ्दी क्लब र हिमालय शेर्पा […]
December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]