9 years ago
October 20, 2016
दिपक बोहोरा ,पाँचथर, फिदिम

वुधवारबाट सदरमुकाम फिदिममा जिल्ला स्तरीय तरुण नक आउट फुटवल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा नविडाँडालाई हराउँदै याङनाम दोस्रो चरणमा प्रवेश गरेको हो । याङनामले ट्राई वेकरमा ७–६ को जित निकालेको हो ।
निर्धारीत समयमा दुवै टिमले गोल रहित बरावरी खेलेका थिए । प्रतिस्पर्धात्मक खेलमा थपिएको समयमा पनि गोल नभएपछि जित ट्राईवेकरमा पुगेको थियो नेपाल तरुण दल पाँचथरले आयोजना गरेको प्रतियोगिता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा पाँचथरका २१ बटा गाविसले प्रतियोगीतामा सहभागीता जनाएको तरुणदल पाँचथरका अध्यक्ष सुमन लामाले बताउनु भयो ।
कार्तिक २ गते बाट १० गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टिमले रु ५१००० र द्धितिय हुने टिमले ३५००० प्राप्त गर्ने लामाले बताए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]