5 years ago
April 10, 2021
पोखरा (हाम्रो खेलकुद) – ‘ए’ डिभिजन क्लब संकटा क्लबका गोलरक्षक राजाबाबु थापा १९ औं संस्करणको आहा रारा गोल्डकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पोखरा रंगशालामा शनिबार भएको फाइनलमा संकटालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका राजाबाबु सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट राजाबाबुले एक थान एप्रिला स्कुटर प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ संकटाका राजाबाबु थापा सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोेलरक्षक संकटाकै निरज बस्नेत उत्कृष्ट डिफेन्डर, अफ्रिकन रुट्सका रिम उत्कृष्ट मिडफिल्डर रिम, रुट्सकै बासेक उत्कृष्ट फरवार्ड र रुट्सका सर्ज बोरिस उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै उत्कृष्टले जनही २५–२५ हजार रुपैयाँ प्राप्त गरे ।

पुलिसका बुद्ध बल तामाङ, संकटाका ग्लोरी, रुट्सका बासेक र मौसाले सर्वाधिक गोलकर्ताको ट्रफी संयुक्त प्राप्त गरे । उनीहरुले प्रतियोगिताभर समान ४ गोल गरेका थिए । पुलिसले फेयर प्ले अवार्ड हात पारे । संकटाले छैटौं पटकको सहभागितामा उपाधि जित्न सफल भएको हो ।
संकटाले २०६१, २०७०, २०७३, २०७४ र २०७५ मा सहभागिता जनाएको थियो । संकटाले २०७३ मा मात्र सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । संकटाले आहा रारामा समग्रमा १२ खेल खेल्दा उपाधि हात पारेको हो । संकटाले क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लब र सेमिफाइनलमा एपिएफलाई २–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]