default_image

3 years ago

April 10, 2021

१० खेलाडीमा समेटिएको लिड्ससँग म्यानचेस्टर स्तब्ध

28 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटी १० खेलाडीमा समेटिएको लिड्ससँग स्तब्ध बनेको छ । सिटी घरेलु मैदानमा १० खेलाडीमा समेटिएको लिड्सँग २–१ ले स्तब्ध बनेको हो ।

सिटीलाई स्तब्ध पार्न स्टुआर्ट डालासले दुई गोल गरे । घरेलु टोलीका फेरान टोरेसले एक गोल फर्काए । इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा पाहुना टोली लिड्सले खेलको ४२औं मिनेटमा स्टुआर्ट डालासको गोलबाट अग्रता लिएको थियो । उनले प्याटिक बामफोर्डको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयमा लिड्स १० खेलाडीमा समेटिन पुग्यो ।

गाब्रियल जेससमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै लियाम कुपरलाई रातो काडै देखाउँदै मैदान बाहिर पठाउदा लिड्सले दोस्रो हाफमा १० खेलाडीमा खेलेको थियो । ७६औं मिनेटमा फेरान टोरेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा स्टुआर्ट डालासले गोल गर्दै सिटीलाई २–१ ले स्तब्ध पारे । ७१ प्रतिशत बल पोसेसन राखेपनि सिटीले जित निकाल्न सकेन ।

यो हारसँगै सिटी ३२ खेलबाट ७४ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा आफ्नो शीर्षतालाई बढाउन सकेन । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १४ अंकले अघि छ । युनाइटेडले दुई खेल कम खेलेको छ । लिड्स ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

May 6, 2024

अन्जना एनआइसी एसिया बैंकको ब्राण्ड प्रमोटर

काठमाडौं (हाम्रो खेलकुद)- एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल तथा त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटर नियुक्त गरेको छ। गत वर्ष फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली राष्ट्रिय महिला टोलीको सम्मानमा बैंकले सोमबार आयोजना कार्यक्रमकै दौरान अन्जनालाई ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको हो।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

Success

Thank you for your time.