2 years ago
May 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ ।
एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर प्रश्न गरेको छ ।
प्रारम्भिक चरणको निर्णयपछि एएफसीले एन्फालाई अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नदिने भएको छ । महासचिव राईका अनुसार यस विषयमा एन्फाले एएफसीसँग छलफल भने गरिरहेको छ ।
‘वहाँहरुले पिच, फ्लड लाइट र सुरक्षा नीतिबारे प्रश्न गर्नुभएको छ । यसबारे हामीले एएफसीसँग छलफल गरिरहेका छौं । हामीले प्रयास गरिरहेका छौं,’ उनले भने ।
हालको अवस्था कायम रहे नेपालले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल गराउन पाउने छैन । मुख्यगरी अर्को महिना हुने फिफा विश्वकप छनोटअन्तर्गत यूएईविरुद्ध खेल नहुने भएको छ ।
सँगसँगै एएफसीले रंगशाला अयोग्य भनेसँगै एएफसीका क्लब प्रतियोगितामा पनि नेपालले खेल्न नपाउने डर बढेको छ । एएफसीको क्लब लाइसेन्स प्राप्त गर्न आफ्नै मैदान आवश्यक हुन्छ । तर नेपालमा क्लबको आफ्नो मैदान नभएकाले रंगशालालाई नै मुख्य मैदान देखाउने गरिएको थियो ।
नेपालले अघिल्लो महिना बहराइनविरुद्ध हुनुपर्ने खेल पनि रंगशालाको स्थितिकै कारण गुमाएको थियो । त्यसबेला बहराइनले मैदानको अवस्थाका कारण खेल्न मानेको थिएन । त्यसपछि राष्ट्रिय खेलकुद परिषदले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो ।
तर राखेपले जिम्मेवारी लिएपछि निरन्तर मैदान सुधार्ने काम भएपनि एएफसीले मैदानलाई मान्यता नदिएको हो । फ्लड लाइट र सुरक्षा नीतिबारे भने रंगशालामा भौतिक रुपमा नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । यसका लागि राखेप र सरकारबाट नै कदम चाल्नुपर्ने अवस्था छ ।
November 15, 2025
एजेन्सी – क्रोएसियाले शुक्रवार फारो आइसल्यान्ड्सलाई ३–१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि स्थान पक्का गरेको छ। खेलमा पछि परेको क्रोएसियाले उत्कृष्ट पुनरागमन गर्दै जित हात पारेको हो। रियेकामा भएको खेलको १६ औं मिनेटमा गेझा डेविड टुरीको गोलमा फारोले अग्रता लियो। तर २३ औं मिनेटमा जोस्को ग्भार्डिओलले गोल गर्दै खेल बराबरीमा ल्याए। ५७ औं […]
November 14, 2025
रविन्द्र वाईबा, हेटौंडा बाराको नव जागृती युवा क्लब र सुर्खेतको कार्केविहार युथ क्लब राष्ट्रिय लिगको लागि छनोट भएका छन् । हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगको समूहबाट दुवै टोली लिगका लागि छनोट भएका हुन् । दुवै समान १० अंकसहित सेमिफाइनलमा प्रवेश गरेको छन्। समुह चरणको अन्तिम दिनको पहिलो खेलमा आज नव जागृतीले तनहुँको हैरान्स क्लबलाई ७-२ […]
November 14, 2025
दिपक बोहोरा, पाँचथर मिक्वाखोला गाउँपालिका–४ साँवास्थित फुङफुङदेन झरना पर्यटन विकास समितिले यस वर्ष फुटबल प्रतियोगिताका लागि अनौठो निर्णय गरेको छ। फुटबल प्रतियोगिताको विजेतालाई नगद होइन, अलैँची पुरस्कार दिने भएको छ। समितिका अध्यक्ष विजय साँवाका अनुसार पहिलो पुरस्कार ३ लाख २ हजार ८२ रुपैयाँ बराबरको अलैँची र दोस्रो पुरस्कार १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको […]