default_image

3 years ago

April 11, 2021

पीएसजीको सानदार जित

29 views

0 Bookmark

एजेन्सी – फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सानदार जित निकालेको छ । पीएसजीले घरेलु टोली स्टार्सवर्गलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको फराकिलो जितमा केलियन एमबाप्पे, पाब्लो साराविया, मोइस किन र लियान्द्रो ड्यानियल पारेडेसले गोल गर्दा घरेलु टोलीका डिओन सहीले एक गोल फर्काए । पीएसजीले पहिलो हाफमा ३–० को अग्रता लिदा दोस्रो हाफमा एक गोल थप्दा एक गोल बेहोरेको थियो ।

स्टार्सवर्गमा शनिबार राति भएको खेलको १६औं मिनेटमा एमबाप्पेको गोलबाट पीएसजीले अग्रता सलएको थियो । उनले र लियान्द्रो ड्यानियल पारेडेसको पासमा गोल गरेका थिए । २७औं मिनेटमा पाब्लो सारावियाले डानिलो पेरेइराको पासमा गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

४५औं मिनेटमा मोइस किनले एमबाप्पेको पासमा गोल गरेपछि पीएसजीले पहिलो हाफमै ३–० को आरामदायी अग्रता लिएको थियो । ६३औं मिनेटमा डिओन सहीले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने संकेत दिए । उनले जिन रिक्नेर बेलेगार्डको पासमा गोल गरेका थिए । तर ७९औं मिनेटमा लियान्द्रो पारेडेसले गोल गर्दै पीएसजीलाई ४–१ को फराकिलो जित दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको पीएसजीको ३२ खेलबाट ६६ अंक पुगेको छ । समान खेलबाटै ६९ अंक जोडेको लिल शीर्षस्थानमा रहेको छ । स्टार्सवर्ग ३६ अंक जोडेर १४औं स्थानमा रहेको छ ।

शनिबार राति नै भएको खेलमा लिलले मेट्जलाई २–० ले पराजित गर्दै आफ्नो शीर्षतालाई यथावत राखेको छ । लिलको जितमा बुराक इल्माज र मेमेट जेकी सेलिकले गोल गरे । घरेलु टोली मेट्जका आरोन लियाले पहिलो हाफमा पेनाल्टी चुकाएका थिए । त्यसपछि दोस्रो हाफमा लिलले गोल गरेका थिए ।

May 6, 2024

अन्जना एनआइसी एसिया बैंकको ब्राण्ड प्रमोटर

काठमाडौं (हाम्रो खेलकुद)- एनआइसी एसिया बैंकले राष्ट्रिय महिला फुटबल तथा त्रिभुवन आर्मी क्लबकी गोलकिपर अन्जना रानामगरलाई आफ्नो ब्राण्ड प्रमोटर नियुक्त गरेको छ। गत वर्ष फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली राष्ट्रिय महिला टोलीको सम्मानमा बैंकले सोमबार आयोजना कार्यक्रमकै दौरान अन्जनालाई ब्राण्ड प्रमोटरको रुपमा घोषणा गरेको हो।

May 6, 2024

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर […]

May 6, 2024

फुटबलर सविता पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद)– एभरग्रिन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सविता रानामगरलाई नगदले पुरस्कृत गरेको छ । प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेनजर स्रदिप प्रधानले सोमबार सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरबमा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेकामा भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो । जोर्डनसँगको फाइनलमा […]

Success

Thank you for your time.