5 years ago
April 11, 2021
एजेन्सी – वैशाख दोस्रो सातादेखि काठमाडौंमा सुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा सहभागिता जनाउन क्रोएसियाली फरवार्ड भिलिम पोसिन्कोभिच नेपाल आइपुगेका छन् ।

भाटभटेनी सुपरमार्केटको स्वामित्व रहेको ललितपुर सिटी फुटबल क्लबले पोसिन्कोभिचलाई सुपर लिग अवधिका लागि अनुबन्ध गरेको हो । क्लबले मार्की खेलाडीका रुपमा अन्जन विष्टसँगै अक्सनमा १४ खेलाडी यसअघि नै अनुबन्ध गरेको थियो । यसबाहेक ट्यालेन्ट हन्टबाट पनि दुई खेलाडी भित्र्याउने टोलीको तयारी छ । विदेशी खेलाडीको रुपमा पोसिन्कोभिच क्लबका पहिलो खेलाडी हुन् । क्लबले अझै दुई विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।
३० वर्षीय पोसिन्कोभिचले युरोपेली राष्ट्रका तल्लो श्रेणीका लिग खेलेको अनुभव छ । ६ फिट १ इन्च अग्ला उनले बायाँ खुट्टा बढी प्रयोग गर्ने गर्छन् । उनी लेफ्ट विंगमा पनि खेल्ने क्षमता राख्दछन् । क्लबले उनीसँग खेल्न अर्को विदेशी फरवार्ड पनि अनुबन्ध गर्ने सम्भावना रहेको छ ।
ललितपुरले राष्ट्रिय टोली तथा मनाङ मर्स्याङ्दी क्लबका कप्तान अन्जन विष्टलाई ५ लाख ५० हजार रुपैयाँमा मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको थियो । ललितपुरले अक्सनबाट एरिक विष्ट, पाल्साङ लामा, अर्पण कार्की, कमल श्रेष्ठ, प्रवेश दनुवार,मिक्छेन तामाङ, नविन लामा, विमल राना, रन्जन विष्ट, विनोद गुरुङ, रोहित कार्की, सरोज लामा, निरज बस्नेत र गौरव बुढाथोकी किनेको थियो । टोलीको प्रशिक्षकका रुपमा प्रदीप हुमागाईं नियुक्त भएका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]