5 years ago
April 12, 2021
काठमाडौं (हाम्रो खेलकुद)– घरेलु फुटबलको पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर (एनएसएल) को उद्घाटन खेलमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल स्पोर्टस एण्ड एभेन्ट्स म्यानेजमेन्टनको आयोजनामा ७ टोलीको सहभागितामा वैशाख ११ गते दशरथ रंगशालामा एनएसएल सुरु हुँदैछ । सहभागी टोलीहरुले तयारीलाई तीब्रता दिइरहँदा सोमबार खेल तालिका सार्वजनिक भएको हो ।
पहिलो खेल वैशाख ११ गते साँझ ५ः३० बजे सुरु हुनेछ । त्यस्तै दोस्रो दिन वैशाख १२ गते दुई खेल हुनेछन् । दिउँसो २ः३० बजे सुरु हुने खेलमा विराटनगर सिटी एफसी र धनगढी एफसीबीच खेल हुनेछ । सोही दिन साँझ ५:३० बजे पोखरा थन्डर्स र बुटवल एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि वैशाख ११ देखि २५ गते सम्म एनएसएल हुने भनिएपनि नयाँ तालिका अनुसार जेठ १ गते समापन हुनेछ ।
यसअघि राउन्ड रोविन लिग हुने भनिएपनि एनएसएलको फाइनल पनि हुने भएको छ । राउन्ड रोविन लिगका २१ र फाइनल सम्म अन्य ४ खेल गरि अब २५ खेल हुने भएका छन् । राउन्ड रोविन लिगपछि शीर्ष २ मा रहेका टोलीले पहिलो प्लेअफ खेल्नेछन् ।
एनएसएलका सिईओ सुदीप शर्माका अनुसार पहिलो प्लेअफको विजेताले फाइनलमा स्थान बनाउने छ । तेस्रो र चौथोबीच दोस्रो प्लेअफमा प्रतिस्पर्धा हुनेछ । त्यस्तै वैशाख ३० मा एलिमिनेटर खेल हुनेछ । एलिमिनेटरमा पहिलो प्लेअफमा पराजित हुने टोली र दोस्रो प्लेअफको विजेताले फाइनल प्रवेशका लागि खेल्नेछन् ।

December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]