default_image

5 years ago

April 12, 2021

चितवनका व्यवस्थापक अधिकारीले सम्पूर्ण पारिश्रमिक खेलाडीलाई सहयोग गर्ने

233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खुकुरी नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत फुटबल क्लब चितवनले व्यवस्थापकमा रुपेश अधिकारीलाई नियुक्त गरेको छ । एन्फाका केन्द्रीय सदस्य समेत रहेका अधिकारीले टोलीको जिम्मेवारी सम्हालेको क्लबले जनाएको छ ।

व्यवस्थापक अधिकारीले आफूले पारिश्रमिक वापत प्राप्त गर्ने सम्पूर्ण रकम खेलाडीलाई सहयोग गर्ने घोषणा गरेका छन् । उनले चोटका कारण मैदानबाहिर रहेका राष्ट्रिय टोलीका फरवार्ड सावित्रा भण्डारी र हिरा भुजेलसँगै नेपाल यू१९ राष्ट्रिय टोलीकी सदस्य समिक्षा घिमिरेलाई सहयोग गर्ने बताएका छन् ।

चितवनको स्वामित्व आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रा.लिले खरिद गरेको छ । क्लबको अध्यक्षमा सचिन ढकाल छन् । टोलीले प्रशिक्षकमा रुस्लान थ्री स्टारका पूर्व प्रशिक्षक मेघराज केसीलाई नियुक्त गरेको थियो । भरत खवास टोलीको मार्की खेलाडी रहेका छन् ।

एफसी चितवनको टोली : भरत खवास (मार्की खेलाडी), विशाल सुनार* (२ लाख रुपैयाँ), विकास तामाङ (१ लाख), विकास खवास* (२ लाख), रोमन रसाइली (५० हजार), शिशिर लेखि (५० हजार), कुलदीप कार्की* (१ लाख २० हजार), अमित तामाङ (५० हजार), राजीव लोप्चन (५० हजार), टेक बहादुर बुढाथोकी* (१ लाख २० हजार), मनिष थापा* (७५ हजार), रुपबहादुर लामा* (७५ हजार), सिमान्त थापा (२० हजार), विश्व अधिकारी (२० हजार), विवश चौधरी (२० हजार)

December 19, 2025

नापोली फाइनलमा,‌एसी मिलान पराजित

एजेन्सी – डेभिड नेरेस र रास्मुस होयलुन्डको गोलमा नापोलीले एसी मिलानलाई २-० ले हराउँदै इटालियन सुपर कपको फाइनल पुगेको छ। नापोलीले खेलको दुवै हाफमा गोल गर्दै जित निकाल्यो। यो जितसँगै नापोलीले अब शुक्रबार हुने अर्को सेमिफाइनल बोलोन्या र इन्टरबीचको खेलको विजेतासँग फाइनल खेल्नेछ। सुपर कपको फाइनल डिसेम्बर २२ मा हुनेछ। खेलको सुरुआतमै नापोलीले अग्रता लिने […]

December 18, 2025

पिएसजीले जित्यो इन्टरकन्टिनेन्टल कप

एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]

December 18, 2025

सिटी र न्युक्यासल लिग कपको सेमिफाइनलमा

एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]

Success

Thank you for your time.