9 years ago
October 21, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कात्तिक ८ मा हुने भनिएको निर्वाचनका विषयमा पाटन उच्च अदालतमा आज छलफल हुँदैछ ।
एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले दिएको रिटमाथि असोज १४ गते न्यायधिश प्रेमराज कार्कीको एकल इजालसले निर्वाचन प्रकृया कात्तिक ५ गतेसम्मका लागि स्थगित गर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतले छलफलका लागि आज दुवै पक्षलाई बोलाएको छ ।

एन्फा निर्वाचन कमिटीले कात्तिक ८ गते रिक्त अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन मिती तोकेको थियो । तत्कालिन अध्यक्ष गणेश थापालाई फुटबलको सर्वोच्च निकाय फिफाले आर्थिक अनियमितता गरेको आरोपमा १० वर्षे प्रतिबन्ध लगाएपछि अध्यक्षको पद रिक्त रहेको थियो । त्यस्तै उपाध्यक्ष तथा तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर मृत्यु भएपछि उपाध्यक्ष पदि पनि रिक्त थियो ।
अध्यक्षमा कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीपक खाती र मणी कुँवरले उम्मेदवारी दिएका छन् ।
एन्फाले छलफल अघि नै मुद्दा फिर्ता गराउने गरि पहल गरेको समेत बुझिएको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]