default_image

3 years ago

April 14, 2021

म्यानचेस्टर सिटीलाई डर्टमुन्डको चुनौती

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज राति जर्मन क्लब बोरुसिया डर्टमुन्डले इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ । खेल सिग्न इडुना पार्क डर्टमुन्ड जर्मनीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो लेगमा २–१ ले पछि परेको डर्टमुन्ड घरेलु मैदानमा सिटीलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ । सिटीविरुद्धको १–० को जितले […]

39 views

0 Bookmark

एजेन्सी – युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा आज राति जर्मन क्लब बोरुसिया डर्टमुन्डले इंग्लिस क्लब म्यानचेस्टर सिटीको सामना गर्दैछ ।

खेल सिग्न इडुना पार्क डर्टमुन्ड जर्मनीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो लेगमा २–१ ले पछि परेको डर्टमुन्ड घरेलु मैदानमा सिटीलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने दाउमा हुनेछ ।

सिटीविरुद्धको १–० को जितले अघिल्लो चरण पुग्ने सम्भावना रहँदा डर्टमुन्डलाई कम्तीमा पनि २–० को जितको खाँचो छ । डर्टमुन्ड निश्चित जितका साथ मैद्यानमा उत्रनेछ । टोलीसँग युवा स्टार एर्लिङ ब्राउट हालान्ड, थोर्गन हाजार्ड, कप्तान मार्काे रिउस, जुडे बेलिङघम, मामुद दाहुद, इम्री क्यान, राफयल गुरेइरो, म्याट हमेल्स, म्यानुयल एकान्जी, माटिउ मोरे र गोलरक्षक मार्विन हिट्ज टोलीमा रहेका छन् ।

चोटका कारण जाडोन सान्चो टोलीमा हुनेछैनन् । यस्तै टोलीसँग अन्सगर नाउफ, थोमस डिलाने र जुलियन बान्ड पनि टोलीमा रहेका छन् ।
यता, सिटी पनि घरेलु टोलीलाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछ । बराबरीको नतिजा पनि सिटीलाई अन्तिम चारमा पुग्न पर्याप्त हुनेछ । अघिल्लो खेलमा लिड्ससाग भोगेको अप्रत्यासित हारबाट सचेत बनेको सिटी जितको लक्ष्यसहित मैद्यान उत्रनेछ ।

टोलीसँग गाब्रियल जेसस, फिल फोडेन, रियाद महारेज, इल्केए गुन्डोगान, रोड्री, केभिन डि ब्रुयन, रुवेन डियास, जोन स्टोन्स र गोलरक्षक इडर्सन मोराएस टोलीमा रहेका छन् । चोटका कारण सर्जिया अगुइरो टोलीमा नरहेपनि सिटीसँग रहिम स्टर्लिङ, बर्नाडो सिल्भा, केल वाल्कर र फेरान टोरेस पनि टोलीमा रहेका छन् ।

यि दुई टोलीको पछिल्लो ६ भेटमा डर्टमुन्ड ३ खेलमा विजयी भएको छ । १ खेल सिटीले आफ्नो पक्षमा पार्दा २ खेल बराबरीमा सकिएको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.