default_image

3 years ago

April 15, 2021

रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब लिभरपुलसँग क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बरारबरीमा रोकिएपनि रियलले समग्रमा ३–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । रियलले पहिलो लेगमा ३–१ को जित निकालेको थियो । एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई दवावमा […]

78 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब लिभरपुलसँग क्वाटरफाइनलको दोस्रो लेगमा गोलरहित बरारबरीमा रोकिएपनि रियलले समग्रमा ३–१ को जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो ।

रियलले पहिलो लेगमा ३–१ को जित निकालेको थियो । एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलले रियललाई दवावमा राखेपनि गोल गर्न नसक्दा लिभरपुल अघि बढ्न सकेन । च्याम्पिन्स लिगको सर्वाधिक सफल रियलले दुई वर्षपछि सेमिफाइनलमा स्थान बनाउन सफल भएको हो । रियल पछिल्लो दुई संस्करण क्वाटरफाइनलभन्दा अघि बढ्न सकेको थिएन ।

अब रियलले सेमिफाइलमा इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ । चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई समग्रमा २–१ ले पराजित गर्दै सात वर्षपछि सेमिफाइनलमा स्थान बनाएको थियो । अर्काे सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुनेछ ।

खेलको दोस्रो मिनेटमा नै मोहम्मद सलाहको प्रहारलाई रियलका गोलरक्षक थिवाउट कोर्टुवाले बचाए । ११औं मिनेटमा जेम्स मिल्नरले इडर मिलिसाओलाई बिट गर्दै गरेको प्रहारलाई कोर्टुवाले अर्काे बचाउ गरे । २०औं मिनेटमा करिम बेन्जेमाको पासमा भिनिसियस जुनियरको प्रहार पोस्टमा लागेर फर्कदा रियल अग्रता लिनबाट चुक्यो ।

४२औं मिनेटमा जर्जिन्हो वाइनाल्डमको प्रहार क्रसबारमा लागेर बाहिरिदा लिभरपुलले अग्रता बढाउन सकेन । ६६औं मिनेटमा फेडे भाल्भेर्डेको पासमा भिनिसियस जुनियरको प्रहारलाई गोलरक्षक एलिसन बेकरले विफल पारे ।

८१औं मिनेटमा अल्भारो ओर्डिजोलाको क्रसमा करिम बेन्जेमाको बाउन्स हेडर नेटमा लाग्दै बाहिरियो । इन्ज्युरी समयका थप गरिएको दोस्रो मिनेटमा सलाहको प्रहारलाई गोलरक्षक कोर्टुवाले विफल पार्दै खेललाई बराबरीमा रोक्दै रियललाई अन्तिम चारको बाटो देखाए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.