9 years ago
October 21, 2016
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन तोकेकै मिति कात्तिक ८ गते हुने भएको छ । उच्च अदालत पाटनले शुक्रबार निर्वाचन रोक्नु नपर्ने आदेश दिएपछि एन्फा अध्यक्ष र एक उपाध्यक्षको सोमबार निर्वाचन गराउन बाटो खुलेको हो।

एन्फाका पूर्व महासचिव लोकबहादुर शाही र पूर्व फिफा सहायक रेफ्री विनोद केसीले अवैधानिक ढंगले हुन लागेको निर्वाचन रोक्न भन्दै असोज १४ रिट दायर गरेका थिए । उच्च अदालतले छलफलका लागि शुक्रबार दुवै पक्षलाई बोलाएको थियो । भीमकुमार ओझा र डिल्लीराज आचार्यको संयुक्त इजलासले निर्वाचन रोक्न नपर्ने आदेश सुनाएको हो ।
मुद्दाको अन्तिम किनारा भने लाग्न बाँकी छ । शाही र केसीले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, एन्फा र एन्फाले गठन गरेको निर्वाचन समितिलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । एन्फाका कानुनी सल्लाकार एवंम् निर्वाचन समितिका संयोजक सुजित केसीले निर्वाचन गर्न बाटो खुलेको जनाउँदै अन्तिम फैसला हुन बाँकी रहेको बताए । एन्फा निर्वाचन कमिटीले कात्तिक ८ गते रिक्त अध्यक्ष र उपाध्यक्ष पदका लागि निर्वाचन मिती तोकेको थियो ।
तत्कालिन अध्यक्ष गणेश थापालाई फुटबलको फिफाले आर्थिक अनियमितता गरेको अभियोगमा १० वर्षे प्रतिबन्धका साथै झन्डै २१ लाख रुपैयाँ जरिवाना तोकेपछि एन्फा अध्यक्षको पद रिक्त रहेको थियो । त्यस्तै उपाध्यक्ष तथा तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर गत बर्ष मृत्यु भएपछि एक उपाध्यक्ष पद पनि खाली रहेको थियो । सोमबार हुने निर्वाचनका लागि अध्यक्षमा कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्मा छिरिङ शेर्पाको उम्मेदवारी परेको छ । त्यस्तै उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीपक खाती र मणी कुँवरले उम्मेदवारी दिएका छन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]