default_image

5 years ago

April 15, 2021

गोलरक्षक किरण धनगढीमा आबद्ध

215 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले अर्को साताबाट बाट सुरु हुने खुकरी नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । उनले धनगढी फुटबल एफसीबाट एनएसएल खेल्ने भएका छन् ।

ड्रिमर्स प्रा लिगको स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रशिक्षक र आइकोनिक खेलाडी घोषणा गरेको छ । धनगढीले राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहेका युगलकिशोर राईलाई प्रशिक्षक नियुक्त गरेको छ । राई एएफसी ए लाइसेन्स प्रशिक्षक हुन् । राष्ट्रिय फुटबल टोलीका पूर्व फरवार्ड उनको प्रशिक्षणमा हालै झापा फुटबल क्लबलाई प्रशिक्षण दिएका थिए । धनगढीले यसअघि नै विशाल राईलाई मार्की खेलाडी र फुजा टोपेलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

सफल व्यासायिक खेलाडी किरणले राउन्डग्लास पञ्जाब एफसीबाट आई लिग खेलेका थिए । आई लिगको आफ्नो अन्तिम खेल अघि स्वदेश फर्केका किरणको नेतृत्वमा नेपालले चैत १६ गते थ्री नेसन्स कप मैत्रीपूर्ण फुटबल सिजनको उपाधि जितेको थियो । त्यसलगत्तै उनी एएफसी प्ले अफर दी विक चुनिएका थिए । उनी आई लिगमा उत्कृष्ट गोलकिपर पनि चुनिएका थिए ।

पछिल्लो ५ वर्षदेखि विदेशी लिगमा व्यस्त किरण घरेलु फुटबलमा फर्केका छन् । दशरथ रंगशालमा लामो समयपछि उनले व्यवसायिक फुटबल खेल्न लागेका हुन् । चैत ६ गते भएको अक्सनबाट धनगढीले १४ खेलाडीले खरिद गरेको थियो । वैशाख ११ गते देखि जेठ १ गते सम्म हुने एनएसएलमा धनगढीसहित ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

धनगढी एफसीको आइकोनिक खेलाडीमा अनुबन्ध भएपछि गोलरक्षक किरणले आफु ५ वर्षपछी घरेलु लिगमा फर्किन लागेको बताए । उनले लामो समयपछि घरेलु लिगमा फर्किन पाउँदा निकै खुसी लागेको र आफू उत्साहित रहेको बताए । उनले अर्को वर्षबाट एनएसएल अझै लामो र स्तरीय हुने विश्वास पनि व्यक्त गरे । किरणको आबद्धतापछि टोलीले एनएसएलमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास क्लबका मालिक सुवास शाहीले व्यक्त गरे ।

प्रशिक्षक राईले देशको फुटबल विकासका लागि फ्रेन्चाईज लिगको सुरुवात भएको र त्यसले आफूलाई पनि चुनौती थपिएको बताएका छन् । उनले टोलीले राम्रो फुटबल खेल्ने प्रयास गर्ने बताएका छन् । एनएसएलका सहभागी टोलीहरुले प्रशिक्षणमा जुट्नुका साथै विदेशी खेलाडी भित्राउन क्रममा रहेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.