default_image

3 years ago

April 15, 2021

ओलावाले धनगढीमा अनुबन्धित

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) का लागि नाइजेरियन फरवार्ड आफिज ओलावाले ओलाडिपोलाई अनुबन्ध गरेको छ । धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको र उनी नेपाल आइपुगेको जनाएको छ । उनको सम्झौता रकम खुलाइएको छैन । धनगढीले बिहीबार नै नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई आइकोनिक खेलाडी र युगल किशोर […]

53 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) का लागि नाइजेरियन फरवार्ड आफिज ओलावाले ओलाडिपोलाई अनुबन्ध गरेको छ ।

धनगढीले बिहीबार ओलावालेलाई अनुबन्धित गरेको र उनी नेपाल आइपुगेको जनाएको छ । उनको सम्झौता रकम खुलाइएको छैन । धनगढीले बिहीबार नै नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङलाई आइकोनिक खेलाडी र युगल किशोर राईलाई प्रशिक्षकको रुपमा सार्वजनिक गरेको थियो ।

राष्ट्रिय टोलीका मिडफिल्डर विशाल राई मार्की खेलाडी रहेको धनगढीमा किरण र ओलावालेको टा्ेली थप मजवुत देखिएको छ । ओलावाले नेपाली फुटबलमा चर्चित नाम हुन् । उनले ‘ए’ डिभिजन लिग क्लब थ्रीस्टार, मनाङ, मछिन्द्र, आरसिटीबाट खेलिसकेका छन् । यस्तै उनले भारत र बंगलादेशको शीर्ष लिगसमेत खेलिसकेका छन् ।

नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज फुटबल एनएसएल वैशाख ११ देखि जेठ १ गतेसम्म सञ्चालन हुनेछ । लिगमा विराटनगर सिटी एफसी, काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।

धनगढी टिम

गोलरक्षक – टेकेन्द्र थापा र किरण चेम्जोङ (आइकोनिक खेलाडी)

डिफेन्डर – अशोक खवास, विवेक बस्नेत, दिनेश राजवंशी, निराजन महर्जन, निशान खड्का, युद्ध शाही

मिडफिल्डर – विशाल राई (मार्की खेलाडी), पुजन उपरकोटी, रुपेश केसी, सौजन याख्खा राई, योगेश गुरुङ

फरवार्ड – विजय श्रेष्ठ, दर्शन गुरुङ, टंक बस्नेत, आफिज ओलावाले (विदेशी खेलाडी)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.