default_image

3 years ago

April 16, 2021

जिदानसामु चुनौतीको चाङ

एजेन्सी – च्याम्पियन्स लिग जित्नु भनेको रियल म्याड्रिडमा प्रशिक्षकले राम्रो गरिरहेको भन्ने हुन्छ । यो क्लबकै (डिनए) अंश हो ।रियलले हालसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । पछिल्लो समय रियलले च्याम्पियन्स लिग जितेकै दाँजोमा स्पेनिस ला लिगा निकै कम जितेको छ । भनौ ला लिगा जित्न रियलले संघर्ष गर्नु परिरहेको छ । तर […]

76 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स लिग जित्नु भनेको रियल म्याड्रिडमा प्रशिक्षकले राम्रो गरिरहेको भन्ने हुन्छ । यो क्लबकै (डिनए) अंश हो ।
रियलले हालसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

पछिल्लो समय रियलले च्याम्पियन्स लिग जितेकै दाँजोमा स्पेनिस ला लिगा निकै कम जितेको छ । भनौ ला लिगा जित्न रियलले संघर्ष गर्नु परिरहेको छ । तर यसमा रियलका हालका प्रशिक्षक जिनेदिन जिदान अन्य प्रशिक्षकको तुलनामा सफल छन् ।

रियलमा सफल प्रशिक्षकको रुपमा दरिएको जिदानसामु यो सिजन उपाधि जित्ने चुनौती छ । रियलले केवल तीन सिजनमा मात्रै दुई भन्दा बढी उपाधि जितेका छन् । रियलले पहिलो पटक १९५६–५७ त्यसपछि १९७७–७८ र तेस्रोपटक सन् २०१६–१७ मा यस्तो उपलब्धि हासिल गरेको थियो । अहिले रियल जिदानको नेतृत्वमा यही उपलब्धिको संघारमा छ ।

प्रशिक्षक जिदानले रियलको इतिहासमा आफ्नो नाम अझै उँचो पार्न सक्नेछन् । दुवै ट्रफी (च्याम्पियन्स लिग र स्पेनिस लिग) जितेर । रियलले च्याम्पियन्स लिगमा सेमिफाइनलको यात्रा तय गरिसकेको छ । ला लिगाको उपाधि होडमा पनि डटेर लागिरहेको छ ।

चारपटक च्याम्पियन्स लिग जित्ने प्रशिक्षक

रियललाई १४ पटकको च्याम्पियन्स लिगको च्याम्पियन बन्न अब सेमिफाइनल र फाइनलमा जितको खाँचो छ । यो सिजनको च्याम्पियन्स लिगको उपाधि जिते जिदान चौथोपटक च्याम्पियन्स लिग जित्ने एक्लो प्रशिक्षक बन्नेछन् । रियलले च्याम्पियन्स लिगको सेमिफाइनलमा अघिल्लो वर्ष च्याम्पियन्स लिगको फाइनल खेलेका प्रशिक्षक थोमस टुचेलले प्रशिक्षणमा रहेको इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।

ला लिगा उपाधि रक्षा

ला लिगाको उपाधि रक्षा गर्न रियलको लागि निकै चुनौतीको विषय हो । गत वर्षको च्याम्पियन रियल दोस्रो स्थानमा रहेको छ । ला लिगामा ८ चरणको खेल बाँकी रहँदा रियल शीर्षस्थानको एट्लेटिको म्याड्रिडभन्दा १ अंकले पछि छ । रियलको ६६ तथा एट्लेटिकोको ६७ अंक छ ।

सन् २००८ मा बर्न्ड शुस्टर प्रशिक्षक रहँदा रियलले ला लिगाको उपाधि रक्षा गरेको थियो । यो याद राख्न जरुरी छ । जोसे मौरिन्हो, कार्लाे एन्सेलोटी र जिनेदिन जिदानले ला लिगाको उपाधि जितेको अर्काे सिजन खराब प्रदर्शन गरेका थिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.