default_image

5 years ago

April 17, 2021

समर्थकका माँझमा पोखरा थन्डर्सका खेलाडी

203 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – अर्को साता सुरु हुने खुकुरी नेपाल सुपर लिगको तयारीमा रहेको पोखरा थन्डर्सले घरेलु समर्थक संग शनिबार भेटघाट कार्यक्रम गरेको छ ।

पोखरा थन्डर्सले घरेलु मैदानमा आफ्ना समर्थकसंग परिचयात्मक कार्यक्रमका साथै उनीहरुसंग समय बिताएका हुन् । पोखरा रंगशाला फुटबल मैदानमा प्रशिक्षण पश्चात् भेटघाटका साथै सबै टोलीका खेलाडीले समर्थकसँग फोटो समेत खिचाए ।

फुटबलको विकासमा पहिलो पटक नेपालमा व्यवसायिक फ्रेन्चाई लिगका रुपमा एनएसएल हुन लागेको हो । घरेलु सहरका समर्थकले फुटबल मैदानमै पुगेर खेलाडीहरुसंग भेटघाट गर्ने अवसर पाएका थिए । दर्शकको मायाले खेलमा थप हौसला मिल्ने अपेक्षा पोखरा थन्डर्सले लिएको छ ।

७ टोलीको सहभागिता वैशाख ११ गते देखि जेठ १ गते सम्म एनएसएल आयोजना हुँदैछ । नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टले अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा एनएसएलको आयोजना गर्न लागेको हो ।

सहभागी टोली अहिले एनएसएलको अन्तिम तयारीमा जुटेका छन् । हरेक टोलीले एक मार्की खेलाडी र अक्सनबाट १४ खेलाडी खरिद गरिसकेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.