default_image

3 years ago

April 18, 2021

शीर्षस्थानको एट्लेटिको ५–० ले विजयी

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रेलिगेसन जोनको पुछारमा रहेको एइवरमाथि ५–० को सानदार जित निकालेको छ । घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा एट्लेटिकोको फराकिलो जितमा एन्जल कोरेरा र मार्काेस लोरेन्टेले समान दुई गोल गर्दा यान्निक कारास्को एक गोल गरे । पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल […]

56 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको एट्लेटिको म्याड्रिडले रेलिगेसन जोनको पुछारमा रहेको एइवरमाथि ५–० को सानदार जित निकालेको छ ।

घरेलु मैदानमा वान्डा मेट्रोपोलिटानोमा आइतबार राति भएको खेलमा एट्लेटिकोको फराकिलो जितमा एन्जल कोरेरा र मार्काेस लोरेन्टेले समान दुई गोल गर्दा यान्निक कारास्को एक गोल गरे ।

पहिलो हाफमा दुई तथा दोस्रो हाफमा तीन गोल सम्भव भएको थियो । खेलको सुरुवात देखि नै एइवरलाई दवावमा राखेको एट्लेटिकोले गोलको लागि पहिलो हाफको अन्त्यतिरको समय कुर्नुपरेको थियो ।

४२औं मिनेटमा हेक्टर हेरेराको पासमा एन्जल कोरेराले गोल गर्दै एट्लेटिकोको गोलको खाता खोलेको थियो । ४४औं मिनेटमा यान्निक कारास्कोको पासमा एन्जल कोरेराले गोल गर्दै एट्लेटिकोलाई पहिलो हाफमा २–० को अग्रता दिलाए । ४९औं मिनेटमा यान्निक कारास्कोले सउल निग्वेजको पासमा गोल गरेपछि एट्लेटिको ३–० ले अघि बढ्यो ।

५४औं मिनेटमा मार्काेस लोरेन्टेले एन्जल कोरेराको पासमा गोल गर्दै एट्लेटिकोलाई फराकिलो जिततर्फ अग्रसर गराए । ६८औं मिनेटमा मार्काेस लोरेन्टेले यान्निक कारास्कोको पासमा व्यक्तिगत दोेस्रो तथा टोलीका लागि पाँचौ गोल गर्दै एट्लेटिकोलाई ५–० को फराकिला जित दिलाए ।

फराकिलो जितसँगै शीर्षस्थानमा रहेको एट्लेटिकोको ३१ खेलबाट ७० अंक पुगेको छ । दोस्रो स्थानमा रहेको एक खेल कम खेलेको रियल म्याड्रिडको ६६ अंक छ । एट्लेटिकोसँगको हारसँगै रेलिगेसनको सम्भावना बढेको एइवर ३१ खेलबाट २३ अंक जोडेर पुछारमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.