default_image

5 years ago

April 19, 2021

विराजका लागि एनएसएलको ढोका खुल्यो

209 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका पूर्व कप्तान विराज महर्जनका लागि देशकै पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) खेल्ने ढोका खुलेको छ । गत महिना भएको अक्सनमा विक्री नभएका विराजले बुटवल लुम्बिनी एफसीबाट शनिबार सुरु हुने एनएसएल खेल्ने पक्का भएको छ ।

अक्सनबाट बुटवलमा आबद्ध भएका रक्षक सुरज विकलाई चोट लागेपछि उनको ठाँउमा विराजले मौका पाएका हुन् । आइतबारबाटै टोलीका अन्य सदस्यसँग सामेल भएका विराज र बुटवलबीच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो । अक्सनमा विक्री नहुँदा विराज निकै निराश थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपलब्ध गराएको ‘ए’ श्रेणीमा रहेपनि विराजलाई एनएसएलका सहभागी ७ टोली कसैले पनि बोली लगाएका थिएनन् । विराजले भने आफू कुनै क्लबमा आबद्ध हुने आशा राखेका थिए । चैत ६ गते भएको अक्सनबाट कुनै टोलीले इच्छा नदेखाएपछि भने विराजले नजिककाहरुसँग फुटबलमा आबद्ध भएयताको सबैभन्दा दुःखद दिन भनेका थिए । यद्दपी सार्वजनिक रुपमा उनले त्यस्तो कहिल्यै भनेनन् ।

बुटवलसँगको आबद्धतापछि विराजले खुसी व्यक्त गरेका छन् । उनले आफूलाई बुटवलले सम्झेर मौका दिएकोमा धन्यवाद भनेका छन् । विराजले भने, यो मेरो खेल जीवनमा अर्को मौका हो । टोलीलाई च्याम्पियन बनाउनका लागि म आफ्नो ठाँउबाट हर सम्भव प्रयास गर्नेछु ।नेपालका लागि सर्वाधिक ७३ खेल खेलेका विराजले झन्डै १३ वर्ष राष्ट्रिय टोलीबाट खेल्दै थ्री नेसन्स कपको फाइनलका लागि चैत १७ गते दशरथ रंगशालमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए ।

विराज समकालिन फुटबलमा सफल र अनुशासित खेलाडीका रुपमा परिचित छन् । उनको कप्तानीमा नेपालले २०७२ सालमा बंगबन्धु गोल्डकप सोही वर्ष भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेको थियो ।

२०७३ मा उनी उपकप्तान रहँदा नेपालले एएफसी सोलिडारिटी कप जितेको थियो । देशका लागि अन्तिम पटक खेल्दा नेपालले थ्री नेसन्स कप अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सिरिज जितेको थियो । घरेलु फुटबलमा थ्री स्टार, मनाङ मस्याङ्दी क्लब र मछिन्द्र क्लबाट ए डिभिजन लिग जितेका विराजले एनआरटी र संकटाबाट पनि व्यवासयिक फुटबल खेलेका थिए ।

बुटवलले गोलकिपर विशाल श्रेष्ठलाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरेको थियो भने सनोज श्रेष्ठ टोलीका प्रशिक्षक छन् । राष्ट्रिय टोलीका अर्का पूर्व कप्तान राजु काजी शाक्य टोलीको प्रबन्ध निर्देशक हुन् ।

पोखरा थन्डर्ससँग वैशाख १२ गते खेल्दै बुटवलले एनएसएलको यात्रा सुरु गर्दैछ । वैशाख ११ गते देखि जेठ १ गते सम्म एनएसएल दशरथ रंगशालमा सञ्चालन हुनेछ । अहिले सहभागी सबै टोली अन्तिम तयारीमा जुटेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.