default_image

3 years ago

April 19, 2021

युरोपेली सुपर लिगको घोषणा, फिफा र यूईएफएको चेतावनी

एजेन्सी – युरोपका शीर्ष १२ क्लबले आफ्नै नेतृत्वमा युरोपेली सुपर लिग (इएसएल) नामक नयाँ प्रतियोगिताको घोषणा गरेका छन् । लामो समयदेखि चर्चामा रहेको उक्त प्रतियोगिताको आइतबार संस्थापक १२ क्लबले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घोषणा गरेका हुन् । संस्थापक १२ क्लबमा प्रिमियर लिगका ६, इटालियन लिगको ३ र स्पेनिस लिगको ३ क्लब रहेका छन् । […]

88 views

0 Bookmark

एजेन्सी – युरोपका शीर्ष १२ क्लबले आफ्नै नेतृत्वमा युरोपेली सुपर लिग (इएसएल) नामक नयाँ प्रतियोगिताको घोषणा गरेका छन् । लामो समयदेखि चर्चामा रहेको उक्त प्रतियोगिताको आइतबार संस्थापक १२ क्लबले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घोषणा गरेका हुन् ।

संस्थापक १२ क्लबमा प्रिमियर लिगका ६, इटालियन लिगको ३ र स्पेनिस लिगको ३ क्लब रहेका छन् । प्रिमियर लिगबाट आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर युनाइटेड, म्यानचेस्टर सिटी र टोटेनहम हट्सपर रहेका छन् । इटालीको एसी मिलान, इन्टर मिलान र युभेन्टस तथा स्पेनको बार्सिलोना, एटलेटिको म्याड्रिड र रियल म्याड्रिड रहेका छन् ।

इएसएलको विज्ञप्तिमा प्रतियोगिताका खेलहरु मध्यसातामा हुने र सबै सहभागी टोलीले आफ्नो राष्ट्रिय लिगमा भने निरन्तर सहभागिता जनाउने उल्लेख गरिएको छ । त्यस्तै प्रतियोगिताको पहिलो सिजन सम्भव भएसम्म चाडो सुरु गरिने र थप तीन क्लबले पनि संस्थापनमा जोडिने विज्ञप्तिमा लेखिएको छ । फ्रान्स र जर्मनीका कुनै क्लब हालसम्म यसमा जोडिएका छैनन् । जर्मनीमा हरेक क्लबमा समर्थकहरुको कम्तिमा ५१ प्रतिशत शेयर रहने हुँदा पनि यो निर्णयको विपक्षमा क्लब रहेको बुझिएको छ ।

इएसएलको यस विज्ञप्ति सार्वजनिक हुनु अघि नै यूईएफएले क्लबहरुलाई कुनै किसिमको समानान्तर प्रतियोगितामा सहभागी भए खेलाडीहरुले अन्य घरेलु, युरोपेली र विश्व स्तरका खेलहरु खेल्न नपाउने बताएको थियो । यूईएफएले ती खेलाडीले राष्ट्रिय टोलीबाट पनि खेल्न नपाउने सम्भावना रहने प्रष्ट पारेको थियो ।

फिफाले केहि साता अघि नै यस्ता प्रस्तावित प्रतियोगितालाई मान्यता नदिइने र यस्ता प्रतियोगितामा सहभागी खेलाडीहरुलाई राष्ट्रिय टोलीबाट खेल्न नदिने जानकारी दिएको थियो । तर इएसएलले भने आफ्नो विज्ञप्तिमा संस्थापक क्लबहरुले फिफा र यूईएफएसँग आवश्यक समन्वय गर्ने र फुटबलकै राम्रोका लागि यो लिग गठन गरिएको जनाएको छ ।

इएसएलका अनुसार हरेक सिजनको प्रतियोगितामा २० टोली सहभागी हुनेछन् । हालका १२ संस्थापक टोली र बाँकी ३ टोली गरेर १५ टोलीले हरेक सिजन खेल्नेछन् । त्यस्तै बाँकी ५ टोली भने लिगको प्रदर्शनका आधारमा छनोट हुनेछन् । सहभागी टोलीलाई १०-१० टोलीको दुई समूहमा विभाजन गरिनेछ ।

लिग चरणको समापनपछि शीर्ष ३ टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछन् । यस्तै चौथो र पाँचौ टोलीले भने प्लेअफ खेल्दै अन्तिम ८ मा स्थान पक्का गर्ने प्रयास गर्नेछन् । त्यसपछि भने दुई लेगको क्वाटरफाइनल र सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल मे महिनामा कुनै एक न्युट्रल मैदानमा हुने उल्लेख गरिएको छ ।

गत अक्टोबरमा नै च्याम्पियन्स लिगलाई प्रतिस्थापन गर्दै ५.६ बिलियन पाउण्डको नयाँ प्रतियोगिता आउने आँकलन गरिएको थियो । तर यूईएफएले क्लबहरुको सल्लाहअनुसार च्याम्पियन्स लिगलाई नै नयाँ स्वरूप दिने प्रयास गरेको थियो । सोमबार निर्णय हुने च्याम्पियन्स लिगको नयाँ पद्दतिमा ३६ टोलीको सहभागिता रहने सम्भावना रहेको छ ।

यूईएफएले नयाँ पद्दतिका लागि लचकता अपनाइरहँदा १२ संस्थापक टोलीले भने त्यसमा सन्तुष्टि जनाएका छैनन् । कोरोना संक्रमणका कारण अहिले चलिरहेको युरोपेली फुटबल मोडल अस्थिर बन्न पुगेको क्लबहरुको जिकिर छ । इएसएलले हालको पद्दतिले साधारण समस्या सुल्झाउन नसकेको, उच्च श्रेणीको खेल दिन नसकेको र आर्थिक रुपमा पनि आवश्यक सहयोग नपुगेको कारण लिग प्रस्ताव गर्नुपरेको जनाएको छ ।

रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज इएसएलका समेत अध्यक्ष रहेका छन् । उनले यस लिगले हरेक स्तरका क्लबलाई सहयोग गर्ने बताए । उनले ठूला क्लबको हैसियतले विश्वका चार बिलियन बढी समर्थकको इच्छा पूरा गर्नु लिगको मुख्य ध्येय रहेको जानकारी दिए ।

यता युभेन्टसका अध्यक्ष आन्द्रे आग्नेलीले यूईएफएको कार्यसमिति र युरोपेली क्लब संघको अध्यक्ष पदबाट राजिनामा दिँदै च्याम्पियन्स लिगको नयाँ स्वरूपमा आफ्नो असमर्थता रहेको संकेत दिएका छन् । उनले यस लिगले समर्थकले चाहेजस्तो उच्च श्रेणीको खेल निरन्तर हेर्न पाउने र फुटबलको लागि पनि दीर्घकालीन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

म्यानचेस्टर युनाइटेडका सह अध्यक्ष जोएल ग्लेजर सुपर लिगका उपाध्यक्ष रहेका छन् । उनले सुपर लिगले विश्व फुटबलमा नयाँ अध्याय सुरु गर्दै आर्थिक र प्राविधिक रुपमा अझै विकास गर्नेमा जोड दिए ।

इएसएलले आफ्नो विज्ञप्ति जारी गर्नुअघि नै यूईएफएले आफ्नो असन्तुष्टि व्यक्त गरेको थियो । यस्तै यूईएफएले प्रिमियर लिग, फुटबल संघ (इंग्ल्यान्ड), स्पेनिस फुटबल महासंघ, ला लिगा, इटालियन फुटबल महासंघ र सिरी ए सँग संयुक्त विज्ञप्ति जारी गर्दै क्लबहरुलाई एकतृत बनाउँदै नयाँ लिग स्थापना गर्न कानुनी र फुटबलकै माध्यमबाट हरप्रयास गर्ने जनाएको छ ।

युरोपेली क्लबहरुको प्रतिनिधित्व गर्ने युरोपेली क्लब संघले पनि यस किसिमको सिमित क्लबहरुले खेल्ने प्रतियोगिताको विरोध गर्ने जनाएको छ । फुटबल समर्थक संघले पनि पैसाको लोभमा यो कदम चालिएको आरोप लगाएको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यो कदम फुटबलका लागि खराब रहेको र बेलायतको खेलकुद सम्बन्धित निकायले यसमा उचित कदम चाल्ने विश्वास दिलाए । फ्रान्सका प्रधानमन्त्ररी इम्यानुएल् म्याक्रोंले फ्रान्सेली क्लबहरुले लिगमा सहभागिता नजनाउने निर्णयको स्वागत गर्दै यस किसिमको प्रतियोगिताले खेलको मर्म मार्ने प्रतिक्रिया दिए ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.