5 years ago
April 19, 2021
काठमाडौं (हाम्रो खेलकुद)– सरकारले रंगशालामा विना दर्शक खेल आयोजना गर्न सकिने निर्णय गरेको छ । मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लामा शिक्षण संस्था बन्द गर्ने निर्णय समेत रहेको छ ।

त्यस्तै वैशाख मसान्त सम्म रंगशालालगायत भिडभाड हुने क्षेत्र रात्रिकालिन व्यवसाय, सिनेमा हल, पार्टी प्यालेस, जिमखाना बन्द गर्ने निर्णय गरेको हो । रंगशालाको हकमा दर्शक विना खेल आयोजना गर्न भने पाइने बताइएको छ । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले मंगलबार लागू हुने गरि दर्शकसहितको रंगशाला बन्द गरिएको निर्णय भएको जानकारी दिए ।
कीर्तिपुरमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया सम्मलित त्रिदेवसिय टि ट्वान्टी क्रिकेट सिरिज जारी छ । पहिलो दिन नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा ५ हजार भन्दा बढी दर्शकको उपस्थिति थियो । सोमबार नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ ।
यसैबीच, शनिबारबाट नेपालको पहिलो फ्रेन्चाई फुटबल खुकुरी नेपाल सुपर लिग (एनएसएल) आयोजनाको अन्तिम तयारीमा नेपाल स्पोर्ट्स एण्ड एभेन्ट म्यानेजमेन्ट जुटेको छ । सरकारको निर्णय आउनु अघिबाट नै म्यानेजमेन्ट विना दर्शक पनि एनएसएल आयोजना गराउने योजना रहेको बुझिएको छ ।
सरकारको निर्णय आएपछि म्यानेजमेन्टले सम्भवत आज नै आधिकारिक निर्णय सर्वजनिक गर्ने तयारी गरेको छ । ‘सरकारको निर्णयलाई मध्यनजर गर्दै विना दर्शक हामी एनएसएल गराउने छौं,’ श्रोतले भन्यो, ‘आधिकारिक निर्णय भने हुन बाँकी छ । हामीले दर्शक विना खेलाउने पर्ने सम्भावनालाई यसअघि नै मध्यनजरमा राखेका छौं ।’ ७ टोलीको सहभागितामा वैशाख ११ गते देखि जेठ १ गते सम्म एनएसएल हुने यसअघि नै सार्वजनिक भइसकेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]