default_image

3 years ago

April 19, 2021

टोटेनहमका प्रशिक्षक मौरिन्हो बर्खास्त

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले आफ्ना मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेको छ । स्पर्सले पछिल्लो समय एभर्टनसँग २–२ गोलको बराबरी खेलेको थियो । प्रिमियर लिगमा ६ चरणको खेल बाँकी रहँदा टोटेनहम सातौ स्थानमा रहेको छ । टोटेनहम शीर्ष चारको वेस्टह्याम युनाइटेडभन्दा ५ अंकले पछि छ । वेस्ट ह्यामको ५५ तथा सातौ स्थानमा रहेको […]

30 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले आफ्ना मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गरेको छ । स्पर्सले पछिल्लो समय एभर्टनसँग २–२ गोलको बराबरी खेलेको थियो ।

प्रिमियर लिगमा ६ चरणको खेल बाँकी रहँदा टोटेनहम सातौ स्थानमा रहेको छ । टोटेनहम शीर्ष चारको वेस्टह्याम युनाइटेडभन्दा ५ अंकले पछि छ । वेस्ट ह्यामको ५५ तथा सातौ स्थानमा रहेको टोटेनहमको ५० अंक छ ।

लिगमा उच्च प्रदर्शन गर्न नसकेपछि टोटेनहमले मौरिन्होलाई बर्खास्ती गर्ने निर्णयमा पुगेको हो । ५८ वर्षीय मौरिन्हो २० नोभेम्वर २०१९ मा टोटेनहमको मुख्य प्रशिक्षक बनेका थिए । उनी १९ अप्रिल २०२१ मा क्लबमा रहे । उनको प्रशिक्षणमा टोटेनहमले ८६ खेल खेल्दा ४४ जित, १९ बराबर र २३ हारको सामना गरेको छ । उनले टोटेनहमबाट कुनै उपाधि जित्न सकेनन् ।

टोटेनहम आउनुअघि उनी एक सिजन खाली रहेका थिए । त्यसअघि उनी २०१६ देखि २०१८ सम्मा अर्काे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षक रहेका थिए । क्लबले सोमबार विज्ञप्ती जारी गर्दै माउरिन्हो उनका प्रशिक्षण टोलकिा सदस्य जोओ साक्रामेन्टो, तुनो सान्तोष, कार्लोस लालित र गाभानी केरार्लाइ जिम्मेवारीबाट अलग गरेको जनाएको छ ।

क्लबका अध्यक्ष डानिल लेभीले माउरिन्हो र उनको टोली क्लबको चुनौतीपूर्ण समयमा साथमा रहेको उल्लेख गरेका छन् । उनले प्रशिक्षण टोलीको योगदानका लागि धन्यवाद पनि दिएका छन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.