default_image

5 years ago

April 20, 2021

एनएसएलमा निभियाको बल खेलाइने

152 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता सुरु हुने पहिलो फ्रेन्चाईज लिग खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा निभियाको बल प्रयोग हुने भएको छ । एनएसएलमा आधिकारिक बल पार्टनरका रुपमामा निभिया प्रयोग हुने मंगलबार एनएलएलको आयोजना नेपाल स्पोर्टस् एन्ड म्यानेजमेन्टकी अध्यक्ष आश्रयता कार्की चौधरी र निभियाका नेपाल प्रतिनिधि किशोर थापरले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

शनिबार देखि दशरथ रंगशालामा सुरु हुने एनएसएलमा निभियाको ‘अष्टांग’ बल प्रयोग हुनेछ। यो विश्व फुटबलको सर्वोच्च संस्था फिफाको प्रो क्याटेगोरी सर्टिफाइड फुटबल हो। राम्रोसँग उफ्रिने, पानी सोस्ने, बाटुलो हुनुपर्ने लगायतका प्यारामिटर गुणस्तर प्रमाणित बल फिफाको मापदण्डभित्र पर्छ। यो बलले उक्त मापदण्ड पूरा गरेको बताइएको छ ।

स्विट्जरल्यान्डको फिफाको प्रयोगशालामा यसको परीक्षण भएको थियो भने अन्तर्राष्ट्रिय खेलमा प्रयोग योग्य बल हो। चर्चित इन्डियन ब्रान्ड निभियाले दशकौँदेखि फुटबल प्रवर्द्धनमा सहकार्य गर्दै आएको जनाएको छ। यसअघि सन् २०१३ मा नेपालले आयोजना गरेको साफ च्याम्पियनसिपमा पनि पनि निभिया नै अफिसियल बल पार्टनर थियो।त्यतिबेला कम्पनीले निभिया सिम्बोलो फुटबल उपलब्ध गराएको थियो।

निभियाका मेनेजिङ डाइरेक्टर राजेश खरबन्दले अष्टांग बल नयाँ संस्करणको व्यावसायिक फुटबल भएको बताए। खरबन्दले खेललाई अर्को स्तरमा लैजानेमा विश्वस्त रहेको बताए। निभायका बल भारतमा तयार पारिन्छ । ८ प्यानेलमा बनेको बलको सिम लेंग्थ २३ प्रतिशतले घटाइएको छ। परम्परागत बलमा ३२ प्यानेल हुन्छ। यसले प्रतिस्पर्धी खेलमा सहयोग हुने कम्पनीले जनाएको छ।

७ टोलीको सहभागितामा एनएलएल आयोजना हुँदैछ । कोरोनाको महामारी बढ्दै गएपछि सरकारले दर्शकसहित प्रतियोगिता आयोजना गर्न बन्देज लगाएको छ । अब विना दर्शक एनएसएल सञ्चालन हुनेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.