default_image

5 years ago

April 21, 2021

नर्भिक एनएसएलको मेडिकल पार्टनर

231 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– देशको पहिलो फ्रेन्चाईग लिग खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा नर्भिक इन्टरनेसनल हस्पिटल अफिसियल मेडिकल पार्टनरका रुपमा आबद्ध भएको छ ।

एनएलएलको आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट र नर्भिक अस्पतालबीच एनएलएलको अफिसियल मेडिकल पार्टनर सम्बन्धि सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । नर्भिकको तर्फबाट प्रबन्ध निर्देशक मेघा चौधरी र नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टको तर्फबाट सो कम्पनीका निर्देशक श्रेयांश कार्कीले हस्ताक्षर गरे ।

७ टोलीको सहभागीमा शनिबार देखि दशरथ रंगशालामा एनएसएल सुरु हुँदैछ । एनएसएलका दौरान स्वास्थ्यका सबै मापदण्ड पालना गरिने बताइएको छ । एनएसएल अवधिभर दशरथ रंगशालामा उपस्थित खेलाडी, आयोजकका सदस्यमा देखा पर्नसक्ने कुनै आपतकालीन स्वास्थ्य समस्या समाधानका लागि नर्भिकको तर्फबाट ३ मेडिकल अफिसरसहितको टोली खटाइने नर्भिक हस्पिटलले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आधारभूत औषधि तथा अन्य स्वास्थ्य सामाग्रीसहितको नर्भिकको लोगो अंकित मेडिकल ब्याग खेलमा सहभागी प्रत्येक टिमका लागि उपलब्ध गराइने सम्झौतामा उल्लेख रहेको जनाएको छ । नर्भिकले एनएसएलको अवधिमा कुनै पनि टोलीका खेलाडी तथा आयोजकका कुनै सदस्यको पीसीआर टेस्ट गर्नु परे विशेष छुटमा सेवा समेत उपलब्ध गराउने उल्लेख गरिएको छ । त्यस्तै कुनै खेलाडीमा कोभिड संक्रमण देखिए उनीहरुको नर्भिकमा उपचार गराउने क्रममा लाग्ने बेड चार्जमा २० प्रतिशत छुटको सुविधा समेत दिइने जनाएको छ ।

कुनै खेलाडीलाई उपचारका लागि अस्पताल लैजानुपरे एक्स रे र एमआरई सेवामा नर्भिकले ५ प्रतिशत छुट दिइने पनि विज्ञप्तीमा उल्लेख गरिउको छ । नर्भिककी प्रबन्ध निर्देशक चौधरीले नेपालमै एनएसएलसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइएने । उनले भनिन्, ‘हरेक क्षेत्र र वर्गका मानिसहरुको स्वास्थ्य सेवालाई प्राथमिकतामा राखेर अगाडि बढिरहेको नर्भिकले आगामी दिनमा यस्तै अन्य इभेन्ट्सहरुमा समेत सहकार्य गर्ने नीति लिएका छौं ।’

नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टका निर्देशक कार्कीले गुणस्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिकजस्तो अन्तराष्ट्रिय स्तरको सेवा दिने अस्पतालसँग सहकार्य गर्ने मौका पाएकोमा खुसी व्यक्ति गरे । उनले नर्भिकलाई सहकार्यका लागि धन्यवाद दिए । एनएसएल वैशाख ११ गते देखि जेठ १ गते सम्म सञ्चालन हुनेछ । सहभागी टोलीहरु अन्तिम तयारीमा जुटिरहेका छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.