default_image

3 years ago

April 21, 2021

आयोजक कनकाई भेट्रान्स कपको फाइनल

सुरुङ्गा (हाम्रो खेलकुद) – आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ ले हराउँदै कनकाईले उपाधि नजिक पुगेको हो । पहिलो हाफमा विराट बुद्धले अग्रता बनाए पनि दोस्रो हाफमा आयोजकले २ गोल फर्काएको थियो । […]

31 views

0 Bookmark

सुरुङ्गा (हाम्रो खेलकुद) – आयोजक कनकाई भेट्रान्स क्लब झापाको सुरुङ्गामा जारी कनकाई भेट्रान्स कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विराटनगरको विराट बुद्ध स्पोर्टिङ्ग क्लबलाई २–१ ले हराउँदै कनकाईले उपाधि नजिक पुगेको हो ।

पहिलो हाफमा विराट बुद्धले अग्रता बनाए पनि दोस्रो हाफमा आयोजकले २ गोल फर्काएको थियो । खेलको २९ औँ मिनेटमा विराट बुद्धका निराजन बस्नेतले गोल गर्दै टोलीलाई अघि बढाएका थिए । कनकाईको रक्षापंक्ति बिट भएको मौकाको फाइदा उठाउँदै निराजनले गोल गरेका थिए । ३४ औं मिनेटमा विराट बुद्धका विराटकुमार भुजेलको प्रहार कनकाईका गोल रक्षक सञ्जय ठाकुरले रोके ।

दोस्रो हाफमा भने आयोजक कनकाई लयमा फर्किएको थियो । ४९ औं मिनेटमा कनकाईका रमेश गुरुङले गोल गर्दै खेल बराबरीमा ल्याए । सन्तोष बस्नेतको पासमा रमेशले बललाई पोष्टको दिशा दिएका थिए । ६१ औँ मिनेटमा राजु खड्काले गोल गर्दै कनकाईलाई अग्रता दिलाए । रमेशको पासमा राजुले गोल गरेका थिए ।

६२ औँ मिनेटमा कनकाईले दोस्रो गोल गरेपछि विराट बुद्धले खेल मैदान छोडेको थियो । म्याच रेफ्री लक्ष्मण जैसवालले विराट बुद्धलाई खेलमा फर्किन आग्रह गरे पनि नमानेपछि कनकाईले खेल जितेको निर्णय गरेका थिए । यसैबीच, समय अवधि नसकिँदै खेल मैदान छाड्ने विराट बुद्धलाई झापा जिल्लाभरि कुनै पनि प्रतियोगितामा सहभागी नगराइने म्याच रेफ्रीले निर्णय गरेका छन् । आयोजक कनकाई भेट्रान्स क्लबले पनि निर्णायकको अन्तिम निर्णय नै आयोजकको निर्णय भएको जनाएको छ ।

खेलको म्यान अफ द म्याच आयोजक कनकाईका पूर्ण सुब्बा घोषित भए । उनलाई ढुवानी व्यवसायी तथा फुटबलप्रेमी श्याम प्रसाईंले दुई हजार रुपैयाँ प्रदान गरे । कनकाईले फाइनल खेल दुधे र इटहरीबीचको विजेतासँग खेल्नेछ । कनकाई भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ वटा टिम सहभागी छन् । प्रतियोगिताको विजेताले उपाधि १ लाख १ हजार र दोस्रो टोलीले ६१ हजार रुपैयाँ पाउनेछ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.