5 years ago
April 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका कप्तान किरण कुमार लिम्बुले शनिबारदेखि शुरु हुने खुकुरी नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसीको कप्तानी गर्ने भएका छन् ।

आइकोनिक प्लेयरको रुपमा राष्ट्रिय टोलीका कप्तान किरणलाई आबद्ध गरेको धनगढीले राष्ट्रिय टोलीका समेत कप्तान रहेका किरणलाई नै धनगढी एफसीको कप्तानको जिम्मेवारी दिएको जनाएको छ ।
गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको धनगढी एफसीले राष्ट्रिय टिमका मिडफिल्डर विशाल राईलाई ‘मार्की खेलाडी’ घोषणा गरेको थियो । यस्तै धनगढीको मुख्य प्रायोजकको रुपमा किया मोटर्सको साथ मिलेको छ । जर्सीको अघिल्लो भागमा किया मोटर्सको लोगो अंकित हुनेछ ।
टोलीमा दुई बिदेशी र दुई स्थानिय खेलाडीसमेत आबद्ध भएर प्रशिक्षण गरिरहेका छन् । टिमले पहिलो खेल आइतबार विराटनगरसँग खेल्दैछ । प्रशिक्षकमा नाइजेरियाली नागरिक तोपे फुजालाई अनुबन्ध गरिसकेका छ । त्यस्तै हामीले राष्ट्रिय टिमका पूर्व फरवार्ड एवं प्रशिक्षक युगल किशोर राईलाई धनगढी एफसीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]