default_image

3 years ago

April 26, 2021

इन्टर मिलानको साँघुरो जित, युभेन्टस हारबाट जोगियो

एजेन्सी – इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको इन्टर मिलानले झिनो जित निकाल्दा युभेन्टस हारबाट जोगिएको छ । इन्टरले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को झिनो जित निकाल्दै उपाधि होडलाई थप मजवुत बनाएको हो । इन्टरको ३३ खेलबाट ७९ अंक पुगेको छ । शीर्षस्थानको इन्टर दोस्रो स्थानमा रहेको एटलान्टाभन्दा ११ अंकले अघि छ । दोस्रो […]

47 views

0 Bookmark

एजेन्सी – इटालियन सिरी ‘ए’ मा शीर्षस्थानमा रहेको इन्टर मिलानले झिनो जित निकाल्दा युभेन्टस हारबाट जोगिएको छ । इन्टरले घरेलु मैदानमा हेलास भेरोनामाथि १–० को झिनो जित निकाल्दै उपाधि होडलाई थप मजवुत बनाएको हो ।

इन्टरको ३३ खेलबाट ७९ अंक पुगेको छ । शीर्षस्थानको इन्टर दोस्रो स्थानमा रहेको एटलान्टाभन्दा ११ अंकले अघि छ । दोस्रो स्थानको एटलान्टाको ६८ तथा तेस्रो स्थानको एसी मिलान र युभेन्टसको समान ६६ अंक छ । सिरी ‘ए’ मा अब ५ राउन्डको खेल बाँकी रहँदा इन्टरलाई च्याम्पियन बन्न दुई जितको आवश्यकता रहेको छ ।

आइतबार राति भएको खेलमा इन्टरको जितमा माटियो डार्मिएनले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले ७६औं मिनेटमा अचरफ हाकिमीको पासमा निर्णायक गोल गरेका थिए ।

सिरी ‘ए’ कै अर्काे खेलमा साविक विजेता युभेन्टस फियोरेन्टिनासँगको हारबाट जोगिएको छ । फियारेन्टिनाका डुसान भ्लाहोभिकले गोल गर्दा युभेन्टसका अल्भारो मोराटाले बराबरी गोल फर्काएका थिए । दोस्रो हाफमा मैदान प्रवेश गरेका मोराटाले मैदान प्रवेश गरेको केही सेकेन्डमै गोल गरेका थिए । बराबरीपछि युभेन्टस ३३ खेलबाट ६६ अंक जोडेर चौथो स्थानमा रहँदा फियोरेन्टिना ३४ अंक जोडेर १४औं स्थानमा रहेको छ ।
सिरी ‘ए’ कै अर्काे खेलमा एटलान्टाले १० खेलाडीमा समेटिएको बोलोग्नामाथि ५–० को सानदार जित हात पारेको छ । एटलान्टाको सानदार जितमा रुस्लान मालिनोभ्स्की, लुइस मुरिएल, डुभान जापटा, रेमो फ्रिउलेर र एलेक्सी मिरानचुकले गोल गरे ।

जेडी स्काउटेन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बोलोग्ना ४९औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । १० खेलाडीमा समेटनु अघि एटलान्टाले दुई गोल गर्दा त्यसपछि तीन गोल थपेको थियो । जितपछि एटलान्टा ३३ खेलबाट ६८ अंक जोडेर दोस्रो स्थानमा उक्लदा पराजित बोलोग्ना ३८ अंक जोडेर १२औं स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.