default_image

10 years ago

September 10, 2015

ओजेम्सको आगमनसंगै नेपालको खेलशैली परिवर्तन हुनसक्ने

183 views

0 Bookmark

२४ भाद्र
हाम्रो खेलकुद | दिपेश तिमल्सिना
एन्फाद्वारा नियुक्त बेल्जियन प्रशिक्षक प्याट्रिक ओजेम्सको आगमनसंगै नेपालको खेलशैलीमा परिवर्तन आउन सक्ने बुझिएको छ|
Nepal Coach Patrick Aussems

प्रशिक्षक प्याट्रिक ओजेम्स

भारतविरुद्ध नेपालको खेल हेर्न स्वयं पुणे पुगेका प्याट्रिकले खेलपश्चात नेपालको खेलशैली नेपाली खेलाडीले अवलम्बन गर्न नसक्ने विश्लेषण गरेको बताएका थिए| लामो पास खेलेर अट्याक गर्न खोजेपनि शारिरिक रुपमा विपक्षीभन्दा कमजोर नेपाल भारतसंगको खेलमा फिका देखियो| छोटो र सटिक पास खेल्न सक्ने मिडफिल्ड र सोहि बमोजिम शारिरक रुपमा होचा खेलाडीभएको नेपालले नयाँ प्रशिक्षकको आगमनसंगै नयी रणनिति लिएर खेल्ने विश्वास लिइएको छ|
तिन दिने प्रशिक्षणको समापनसंगै प्याट्रीकको सोच केहिहदसम्म बुझ्न सकिने भएको छ| बललाई आफुसंगै राख्ने र छोटो पास खेल्ने प्रशिक्षण ड्रिलहरुमा धेरै समय दिएको अनुभुति खेलाडीहरुले पनि गरे| यससंगै विगं प्लेमा आउने क्रसहरु पनि हावामा मात्र नभएर ग्राउण्ड क्रस र त्यसै प्लेमा मिडफिल्ड सपोर्टको पनि उनले अभ्यास गराए| फिजिकल र टेक्निकल दुवै क्षेत्रमा नयाँ किसिमको प्रशिक्षण शैली अपनाएकाले खेलाडीहरुलाई पनि केहि गाह्रो भएको देखिन्थ्यो| खेलाडीसंग बिताएको तेश्रो दिनमै लगभग सबैलाई नामनै लिएर बताउन सक्ने भएका प्रशिक्षकले पोजिसन अनुसार खेलशैली परिवर्तन पनि गर्न सक्ने संकेत दिएका छन्|
छोटो समयमानै यस रणनितिसंग रिझ्न खेलाडीलाई समय लाग्न सक्छ, तर यो तिन दिनको प्रशिक्षणले प्रशिक्षकलाई आफुलाई चाहिने प्रकारका खेलाडी राष्ट्रिय लिगमा भेट्न भने अवश्य सहयोग पुग्नेछ|

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.