9 years ago
October 23, 2016
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले तासी घलेलाई आफ्नो मानार्थ अध्यक्ष मनोनित गरेको छ । एन्फा अध्यक्ष र एक उपाध्यक्षको चयनका लागि लागि सोमबार हुने निर्वाचनअघि आइतबार बसेको केन्द्रिय कार्यसमितिको बैठकले घलेलाई सर्वसम्मत मानार्थ अध्यक्ष मनोनित गरेको थियो । कार्यसमितिको निर्णयलाई सोमबार बस्ने साधारण सभाले पास गरेपछि घले मानार्थ अध्यक्ष बन्नेछन् ।

लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबका तर्फबाट एन्फा साधारण सभाका लागि मताधिकार समेत भएका घलेले सुरुमा एन्फा अध्यक्षमा उम्मेदवारी दिने सार्वजनिक गरेका थिए । एन्फा अध्यक्षको उम्मेदवारीका लागि पाँच प्रस्तावक र समर्थक राख्नुपर्ने प्रावधानका चर्को आलोचक हुन् । झन्डै २० बर्षपछि एन्फामा घलेको पूनरागमन हुँदैछ । उनी एन्फाको उपाध्यक्ष र केही समय कार्यवहाक अध्यक्ष समेत भइसकेका छन् । उनी नेपाल गल्फ संघका महासचिव पनि हुन् । एन्फा कार्यसमितिले सोमबार हुने साधारण सभामा प्रस्तुत गर्ने एन्जेडा समेत पारित गरेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]