default_image

9 years ago

October 23, 2016

चेल्सीसँग म्यानचेस्टर युनाइटेडको लज्जास्पाद हार

98 views

0 Bookmark

लन्डन (एन्जेसी)– चेल्सीले प्रिमियर लिगमा आइतबार चिर प्रतिद्वन्द्वि म्यानचेस्टर युनाइटेडलाई ४–० ले हराएको छ । म्यानचेस्टर सिटीले साउथह्याटनसँग १–१ को बराबरी खेलेको केही घन्टापछि सहरी टोली युनाइटेडले लज्जास्पद हार बेहोरेको छ ।

chelsea-manchester-united_7i1ca8tonyy51otf35gvm1i95
पेद्रोले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेको खेलको २१ औं मिनेटमा ग्यारी काहिलले दोस्रो गोल गरेका थिए । दोस्रो हाफमा चेल्सीले अर्को दुई गोल थपेको थियो । इडेन हार्जाडले ६२ औं र एनगोलो कान्टले ७० औं मिनेटमा गोल थपेका थिए । जितपछि टोटेनह्यामलाई पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लेको छ । दुवैको समान १९ अंक भएपछि गोलअन्तरमा चेल्सी अघि रहेको छ । ९ खेलपछि समान २० अंक भएपनि गोलअन्तरमा सिटी शीर्षस्थान, आर्सनल दोस्रो र लिभरपुल तेस्रो स्थानमा रहेको छ । १४ अंकका साथ युनाइटेड सातौं स्थानमा छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.