default_image

3 years ago

May 1, 2021

शीर्षस्थानको एट्लेटिकोको जित

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले रेलिगेसन जोनमा संघर्ष गरिरहेको इल्चेलाई उसकै मैदानमा १–० को झिनो जित निकाल्दै शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ । जितसँगै एट्लेटिकोले दोस्रो र तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनालाई ५ अंकले तथा चौथो स्थानको सेभियालाई ६ अंकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई थप बलियो बनाएको छ । […]

46 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले रेलिगेसन जोनमा संघर्ष गरिरहेको इल्चेलाई उसकै मैदानमा १–० को झिनो जित निकाल्दै शीर्षस्थानमा ५ अंकको अग्रता लिएको छ ।

जितसँगै एट्लेटिकोले दोस्रो र तेस्रो स्थानमा रहेको रियल म्याड्रिड र बार्सिलोनालाई ५ अंकले तथा चौथो स्थानको सेभियालाई ६ अंकले पछि पार्दै उपाधि जित्ने सम्भावनालाई थप बलियो बनाएको छ । एट्लेटिकोको ३४ खेलबाट ७६ अंक पुगेको छ । एक खेल कम खेलेका रियल र बार्सिलोनाको ७१ अंक छ । चौथो स्थानमा रहेको सेभियाको ७० अंक छ ।

ला लिगामा अब चार राउन्डको खेल बाँकी रहँदा ला लिगाको उपाधि होड निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ । इल्चेमा शनिबार राति भएको खेलमा एट्लेटिकोको जितमा पहिलो हाफमा मार्काेस लोरेन्टेले गरेको गोल नै निर्णायक बन्यो । उनले २४औं मिनेटमा यान्निक कारस्कोको पासमा गोल गरेका थिए ।

त्यसअघि १६औं मिनेटमा लुइस सुआरेजले गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलले मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इल्चे पेनाल्टीमा चुक्दा पराजित हुन पुग्यो । रोड्रिग्वेजको फ्रिकिकमा पाब्लो पियाटीको प्रहार मार्काेस लोरेन्टेको हातमा लागेपछि रेफ्रीले इल्चेलाई पेनाल्टी प्रदान गरेको थिए ।

तर फिडेल चाभेसको पेनाल्टी पोस्टमा लागेर फर्कदा रिवाउन्डमा डानी काल्भोले प्रयास गरेपनि जान ओब्लाकले बराबरी टारे । हारपछि इल्चे ३४ खेलबाट ३० अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.