default_image

3 years ago

May 4, 2021

मौरिन्हो रोमाको मुख्य प्रशिक्षक

एजेन्सी – बर्खास्तीमा परेको दुई साता नबित्दै पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्हो इटालियन क्लब एएस रोमाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सिरी ‘ए’ क्लब रोमाले मंगलबार मौरिन्होलाई तीन वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । सम्झौता अनुसार मौरिन्हो सन् २०२४ सम्म इटालीमा हुनेछन् । योसँगै मौरिन्हो सन् २०१० पछि इटाली फर्किएका छन् । मौरिन्हो २००८–१० मा […]

45 views

0 Bookmark

एजेन्सी – बर्खास्तीमा परेको दुई साता नबित्दै पोर्चुगिज प्रशिक्षक जोसे मौरिन्हो इटालियन क्लब एएस रोमाको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । सिरी ‘ए’ क्लब रोमाले मंगलबार मौरिन्होलाई तीन वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

सम्झौता अनुसार मौरिन्हो सन् २०२४ सम्म इटालीमा हुनेछन् । योसँगै मौरिन्हो सन् २०१० पछि इटाली फर्किएका छन् । मौरिन्हो २००८–१० मा दुई वर्ष इन्टर मिलानको प्रशिक्षक रहेका थिए । मौरिन्होको दुई वर्षे प्रशिक्षणमा इन्टर मिलानले ट्रेवल उपाधि (सिरी ‘ए’, कोपा इटालिया र च्याम्पियन्स लिग) जितेका थिए ।

इन्टर मिलान छाडेपछिको ११ वर्षको अवधिमा मौरिन्होले स्पेनिस क्लब रियल म्याड्रिड, इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड र टोटेनहम हटस्परको प्रशिक्षण सम्हालेका थिए । रोमाले पाउलो फोन्सेकाको स्थानमा मौरिन्होलाई मुख्य प्रशिक्षक चयन गरेको हो । मौरिन्होको आगमनसँगै पाउलोले यस सिजनको अन्त्यसँगै क्लब छाड्ने छन् । मौरिन्होले नयाँ सिजनबाट रोमाको प्रशिक्षण सम्हाल्ने छन् ।

५८ वर्षीय मौरिन्हो गत अप्रिल १९ मा इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हटस्परबाट बर्खास्तीमा परेका थिए । क्लबले यस सिजन खराब प्रदर्शनलाई निरन्तरता दिएपछि टोटेनहमले मौरिन्होलाई बर्खास्त गरेको थियो ।

रोमा लिगको सातौं स्थानमा रहेको छ । युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलको पहिलो लेगमा रोमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग ६–२ ले पराजित भएको थियो । दोस्रो लेग रोमाको मैदानमा बिहीबार राति हुदैछ । तर, यि खेलमा मौरिन्हो टचलाइनमा हुनेछैनन् ।

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.