default_image

9 years ago

October 25, 2016

सिक्किममा झापा ११ को शान, अब गभर्नर्स गोल्डकपको फाइनल खेल्ने

130 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय लिग क्लब झापा ११ भारतको सिक्किममा जारी ३६ औं अल इन्डिया गभर्नर्स गोल्डकपको उपाधि नजिक पुगेको छ । सिक्किमको गान्तोकस्थित पाल्जोर रंगशालाको एस्ट्रो टर्फमा सोमबार भएको झापाले स्थानिय गान्तोक हिमालयन स्पोर्टिङ क्लबलाई १–० ले हराउँदै फाइनलमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा नरेन्द्रमणि लिम्बुले इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक बन्यो ।

jhapa-11

झापा पहिलो सहभागितामै गभर्नर्स गोल्डकपको फाइनल पुग्न सफल भएको छ । उक्त प्रतियोगितामा नेपालका चर्चित क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी, रुस्लान थ्री स्टार क्लबले पटक पटक सहभागिता जनाएको थिए । मनाङले यसपटक अन्तिम समयमा प्रतियोगितबाट नाम फिर्ता लिएको थियो ।
अब झापाले फाइनलमा मोहमडन स्पोर्टिङ क्लब र स्थानिय सिक्किम आक्रमण फुटबल क्लबमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछन् । यी दुईबीचको सेमिफाइनल मंगलबार हुँदैछ ।  भारतको सेब केरलालाई ४–१ लाई हराउँदै अघि बढेको झापाले क्वार्टरफाइनलमा साविक विजेता समेत रहेको ओएनजिसी मुम्बईलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.