5 years ago
May 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – क्यामरुनी फरवार्ड मेसौके ओलुमोउको ह्याट्रिक मद्दतमा काठमाडौं रेजर्सले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसीमाथि पूनरागमन जित निकाल्दै प्ले अफमा पुग्न सफल भएको छ ।

काठमाडौंले २–० ले पछि परेको अवस्थामा पूनरागमन गर्दै विराटनगरमाथि ५–४ को रोमाञ्चक जित निकालेको हो । काठमाडौंको बाँकी दुई गोल स्टेफन विनोङ समिर र छिरिङ गुरुङले गरे । विराटनगरका पेड्रो मान्जीले दुई तथा एडेलाजा सोमेडे, र कप्तान रन्जित धिमालले समान एक गोल गरे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको छैटौं मिनेटमा नाइजेरियन खेलाडी एडेलाजा सोमेडेको गोल गर्दै विराटनगर सिटी एफसीलाई १–० को अग्रता दिलाए । रन्जित धिमालको क्रसमा एडेलाजाले फ्लिक गर्दै उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

१४औं मिनेटमा एडेलाजाको हेडरलाई आशिष गुरुङले क्लियर गर्दै बचाए । १६औं मिनेटमा एडेलाजाको क्रसमा पेड्रो मान्जीको ओभर हेड किक पोस्टबाट थोरै माथि बाहिरिदा विराटनगर अग्रता दोब्बर पार्नबाट चुक्यो । २५औं मिनेटमा सुनिल बलको प्रहारलाई गोलरक्षक विकेश कुथुले ब्लक गर्दै विराटनगरको गोल टारे ।
३३औं मिनेटमा पेड्रो मान्जीले गोल गर्दै विराटनगरको अग्रता दोब्बर पारे । सन्तोष तामाङको पासमा मान्जीले अफसाइड बिट ट्याप गर्दै गोलरक्षक विकेश कुथ अघि बढेको अवस्थामा गोल गर्न सफल भएका थिए । आशिष गुरुङले बचाउने प्रयास गरेपनि सफल भएन । ३५औं मिनेटमा मेसौके ओलोउमोउले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । उनले गरेको प्रहार गोलरक्षकको हातमा लाग्दै गोलमा परिणत भएको थियो ।

३६औं मिनेटमा मेसौकेले ओलोउमोउले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । स्टेफन विनोङ समिरको पासमा विक्रम धिमाललाई बिट गर्दै गरेको प्रहार टप कर्नरमा गोल हुदा होचा कदका गोलरक्षक किशोर गिरीले रोक्ने कुनै अवसर नै पाएनन् । ४१औं मिनेटमा स्टेफेन विनोङ समिरले गोल गर्दै काठमाडौंलाई ३–२ को अग्रता दिलाए । उनले फ्रिकिकमा सिधै गोल गर्न सफल भएका थिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेसौकेको क्रस पासमा सन्जोक राईको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।
५२औं मिनेटमा पेड्रो मान्जीको पासमा अशोक थापाको प्रहारलाई गोलरक्षक विकेश कुथुले ब्लक गर्दै काठमाडौंको अग्रतालाई जोगाउँदा विराटनगर अग्रता लिनबाट चुक्यो । ६८औं मिनेटमा मैसोकेको ह्याट्रिक गर्दै काठमाडौंलाई ४–२ ले अघि बढाए । पेनाल्टी बक्समा दुई डिफेन्डरलाई बिट गर्दै सिक्स यार्ड बक्सभित्रबाट गरेको शक्तिशाली प्रहारलाई गोलरक्षक किशोर गिरीले रोक्ने कुनै अवसर नै पाएनन् ।
लिगमा यो पहिलो ह्याट्रिक हो । ७९औं मिनेटमा कप्तान रन्जित धिमालले आर्कबाट सुन्दर गोल गर्दै विराटनगरलाई ४–३ को अवस्थामा ल्याए । उनले सन्तोष तामाङका पासमा आर्कमा बल नियन्त्रणमा लिदै गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा छिरिङ गुरुङले गोल गर्दै काठमाडौंको जिततर्फ डो¥याए ।
मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएका छिरिङले मेसौकेको पासमा उत्कृष्ट फिनिस गरेका थिए । इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा पेड्रो मान्जीले गोल गर्दै खेललाई ५–४ को अवस्थामा ल्याएपनि काठमाडौं विजयी हुन सफल भयो ।
काठमाडौं रेजर्सका विश्वास श्रेष्ठ इमर्जिङ खेलाडी घोषित भए । उनले १० हजार रुपैयाँ हात पारे । काठमाडौंकै मेसौके ओलोमेउ प्लेयर अफ दि म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ हात पारे ।
जितपछि काठमाडौंको प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ । यसअघि धनगढीलेले सम्भावना बलियो बनेको छ । काठमाडौं ५ खेलबाट १० अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । पराजित विराटनगरको प्ले अफ सम्भावना जीवित छ । विराटनगर ७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
लिगमा शुक्रबार पोखरा थन्डर्स र एफसी चितवनबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुदैछ । लिगमा शीर्ष दुई स्थान हासिल गर्ने टोलीले फाइनल प्रवेशका लागि २८ बैशाखमा खेल्नेछ । यस खेलमा पराजित हुने टोलीले २९ बैशाखमा तेस्रो र चौथो हुने टोलीबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि ३० बैशाखमा खेल्नेछ । फाइनल १ जेठमा हुनेछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् । व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् । यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।
December 18, 2025
एजेन्सी – पेरिस सेन्ट-जर्मेन (पिएसजी) ले ब्राजिलियन टोली फ्लामेङ्गोलाई पेनाल्टीमा २-१ ले हराउँदै इन्टरकन्टिनेन्टल कप जितेको छ । पिएसजीको वर्षको यो छैटौँ उपाधि हो । पेनाल्टी सुटआउटमा परिवर्तित गोलकिपर मत्वेई सफोनोभ नायक बने । उनले लगातार ४ पेनाल्टी बचाउँदै पिएसजीको जित पक्का गरे। च्याम्पियन्स लिग विजेता पिएसजीले गत वर्ष पहिलो संस्करणको उपाधि जितेको रियल मड्रिडको […]
December 18, 2025
एजेन्सी – रायन चेर्की र साविन्होको गोलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई २-० ले हराउँदै लिग कपको सेमिफाइनलमा स्थान बनाएको छ। खेलको ३२औँ मिनेटमा चेर्कीले सानदार गोल गर्दै सिटीलाई अग्रता दिलाए। बक्सको छेउमा बल पाएका उनले डिफेन्डरलाई छलाउँदै गोल गरे। दोस्रो हाफमा ब्रेन्टफोर्डले केही अवसर सिर्जना गरे पनि गोल गर्न सकेन। गोलकिपर जेम्स ट्राफोर्डले क्रिस्टोफर आयर र […]
December 18, 2025
एजेन्सी – किलियन एमबाप्पेले २ गोल गरेपछि रियल मड्रिडले कोपा डेल रेमा तालाभेरालाई ३-२ जित निकाल्दै अन्तिम १६ मा पुगेको छ। यो खेलमा २ गोल गरेसँगै एमबाप्पेले सन् २०२५ मा रियलका लागि ५८ गोल पूरा गरेका छन्। उनी अब क्रिस्टियानो रोनाल्डोले २०१३ मा बनाएको ५९ गोलको कीर्तिमान बराबरी गर्न मात्र १ गोल टाढा छन्। खेलको […]