default_image

3 years ago

May 8, 2021

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडबीच आज राति प्रतिस्पर्धा हुँदैछ । खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति ८ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बार्सिलोना एट्लेटिकोलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एट्लेटिकोलाई हराउन सके बार्सिलोनाल शीर्षस्थानको एट्लेटिकोलाई १ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडलाई ३ […]

73 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगाको उपाधि होडमा रहेको क्याटलान क्लब बार्सिलोना र एट्लेटिको म्याड्रिडबीच आज राति प्रतिस्पर्धा हुँदैछ । खेल क्याम्प नोउमा नेपाली समयअनुसार राति ८ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा बार्सिलोना एट्लेटिकोलाई हराउँदै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । एट्लेटिकोलाई हराउन सके बार्सिलोनाल शीर्षस्थानको एट्लेटिकोलाई १ अंकले तथा दोस्रो स्थानको रियल म्याड्रिडलाई ३ अंकले पछि पार्नेछ । ला लिगाको ३४ खेलमा एट्लेटिकोले ७६ तथा रियल र एट्लेटिकोले समान ७४ अंक जोडेको छ ।

टोलीसँग कप्तान लियोनेल मेस्सी, एन्टोइन ग्रिजमन, जोर्डी अल्वा, पेड्री, सर्जियो बुस्क्वेट्स, फ्रान्की डि योङ, सर्जिनो डेस्ट, क्लेमेन्ट लेङ्लेट, जेरार्ड पिके, रोनाल्ड एराउजो र गोलरक्षक मार्क आन्दर टेर स्टेगन रहेका छन् । सर्जी रोबर्टाे र इलाक्स मोरिवा पनि टोलीमा रहेका छन् ।

यता, शीर्षस्थानमा रहेको एट्लेटिको पनि बार्सिलोनालाई हराउँदै आफ्नो शीर्षता कायम राख्दै उपाधि यात्रालाई थप मजवुत बनाउने लक्ष्यमा हुनेछ ।

टोलीसँग लुइस सुआरेज, मार्काेस लोरेन्टे, यान्निक कारास्को, कोकी, थोमस लेमार, काइरन ट्रिपिएर, मारियो हर्माेसो, जोस जिमिनेज, स्टेफन साभिक र गोलरक्षक जान ओब्लाक रहेका छन् । यस्तै एन्जल कोरेआ, जियोफ्रे कोनडोग्विया, जोआओ फेलिक्स, फिलिपे र सउल निग्वेज टोलीमा छन् ।

यि दुई टोलीको ३२ भेटमा बार्सिलोना १८ खेलमा विजयी भएको छ । १० खेल बराबरीमा सकिदा ४ खेल एट्लेटिकोले आफ्नो पक्षमा पारेको छ । तर, पछिल्लो तीन भेटमा बार्सिलोनाले एट्लेटिकोलाई हराउन सकेको छैन । २०२० जनवरी १० मा भएको स्पेनिस सुपर कपमा बार्सिलोनालाई ३–२ ले हराएयता एट्लेटिको अपराजित छ । त्यसपछि एट्लेटिको र बार्सिलोनाले २–२ गोलको बराबरी खेल्दा पछिल्लो पटक बार्सिलोनालाई १–० ले हराएको थियो ।

सम्भवत यही खेलको नतिजा पनि यस सिजनको ला लिगाको विजेता छिनोफानो गर्न सक्नेछ । तर ला लिगामा अझै तीन राउन्डको खेल बाँकी रहेको छ ।

अन्य खेल :

एलाभेसविरुद्ध लेभान्टे (साँझ ५:४५ बजे)

क्याडिजविरुद्ध हुएस्का (राति १०:१५ बजे)

एथलेटिको विल्वाओविरुद्ध ओसासुना (राति १२:४५ बजे)

April 26, 2024

कोशीको लगातार जित

सुर्खेत (हाम्रो खेलकुद)- कोशी प्रदेशले महिला लिग छनोटमा लगातार चौथो जित निकालेको छ। कोशीले विजय‌ यात्रालाई निरन्तरता दिने क्रममा शुक्रबार लुम्बिनी प्रदेशलाई ३-० ले हरायो। कर्णाली प्रदेश रंगशालामा भएको खेलमा कोशीलाई जित दिलाउन मनिका तुम्रोकले २ र सन्जुमाया तामाङले १ गोल गरिन्। सन्जुमायाले २३ औं मिनेटमा गोल गरिन् । मनिकाले ३९ र ५७ औं मिनेटमा […]

April 26, 2024

म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लियो

एजेन्सी- म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा बिहीबार जित निकालेपछि उपाधि दौड रोमाञ्चक बनेको छ । ब्राइटनलाई ४-० ले हराएपछि सिटी लिभरपुललाई पछि पार्दै अंक तालिकाको‌ दोस्रो स्थानमा उक्लेको छ।सिटीको जितमा लाई फिल फोडेनले २ , केभिन डी ब्रुएने र जुलियन अल्भारेजले समान १ गोल गरे। ब्राइटनको मैदानमा सिटीका लागि केइल वाल्करको पासमा ब्रुएनेले १७ औं […]

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

Success

Thank you for your time.